अफगानिस्तानमा अझै के गर्दैछ अमेरिकी सेना ?

एजेन्सी– अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्वीन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । त्यसपछि अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेको थियो । उक्त आगमनको दुई दशक पुग्न लागेको छ । यतिखेर भने अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौतीको चर्चा शुरु भएको छ ।
वासिङ्गटनले बिहीबार अफगानिस्तानमा रहेको अमेरिकी सेनाको सङ्ख्या १३ हजारबाट ८ हजार ६ सयमा झार्ने घोषण गरेको थियो । तालिबान लडाकू समूहसँग अमेरिकाले गरिरेहको शान्ति वार्ता टुङ्गो लाग्न लागेको बेला उक्त घोषणा भएको बताइएको छ ।
सन् २००१ सेप्टेम्बर ११ मा भएको न्युयोर्क र वासिङटनमा करिब ३ हजार ज्यान जाने गरी भएको आक्रमणको एक महिनापछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश प्रशासनले सन् २००१ को अक्टोबर ७ मा अफगानिस्तानमा अमेरिकी सेना पठाउने निर्णय गरेको थियो ।
अफगानिस्तानमा उक्त समयमा कट्टरपन्थी तालिबान शासकहरुले ओसामा बिन लादेन र उनको नेतृत्वमा रहेको अल कायदा नामक आतंककारी संगठनलाई शरण दिइरहेको थियो ।
ट्वीन टावरमाथि आक्रमण सोही समूहले गरेको थियो । यसै कारण उक्त संगठनमाथि अमेरिकाको नेतृत्वमा कारबाही शुरु भएको थियो । अमेरिकी सेनाको नेतृत्वमा पछि केही नेटो सैन्यको पनि सहभागिताबाट अफगानिस्तानमा तालिबानमाथि कारबाही थालियो र यसलाई आतङकवाद बिरूद्धको युद्ध भनिएको थियो ।
सन् २०१४ को डिसेम्बरमा अमेरिकी नेतृत्वमा रहेका प्रायः सैनिक अफगानिस्तानमा फर्किसकेका थिए । अमेरिका र अफगानिस्तानबीच भएको सम्झौता अनुरुप १२ हजार ५०० विदेशी सैनिक अफगानिस्तानमा रहने सम्झौता भएको थियो ।
हाल यस संख्यालाई अझै कटाएर ८ हजार ६०० जना मात्र अमेरिकी सेना अफगानिस्तानमा राख्ने विषयमा अमेरिकाले प्रस्ताव गरेको छ । उता अफगान तालिबानसँग अमेरिकाले शान्तिवार्ता जारी राखेको बताइएको छ । शान्ति वार्ता जारी रहेका बेला यता अमेरिकाले भने अफगानिस्तानबाट सेना कटौतीको प्रस्ताव गरेको छ । –एएफपी/photo: The national interest
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट