नाडा अटो शो मा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन

person explore access_timeभदौ १३, २०७६ chat_bubble_outline0

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो शो मा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको छ । 

नाडाले आयोजना गरेको अटो सो यहि भाद्र १० गते देखि  १५ गते सम्म, बिहान १० बजे देखि काठमाडौंको भृकुटीमण्डपमा ६ दिन सम्म चल्नेछ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेइकल्सका लागी म्याक अल्फा जेनिथ ५डब्ल्यू–३० र म्याक अल्फा जेनिथ १०डब्ल्यू–३० र अर्काे म्याक रुवि ग्रीज पनी लन्च गरेको छ । 

यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जीनमा यस्को बहु बिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ । म्याक लुब्रिकेन्ट भारत पेट्रोलीयम कर्पाेरेटको उत्पादन मध्येको एक उत्पादन हो । यसले शोमा ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको  म्याक लुब्रिकेन्टले जनाएको छ । 

उक्त नयाँ उत्पादनको लन्च भारत पेट्रोलीयम कर्पोरेशन(लुब्रिकेन्टका कार्यकारी निर्देशक भि। आन्नद र सिप्रदी कम्पनीका प्रमुख कार्यकारीे निर्देशक राजन बाबु श्रेष्ठले एकसाथ गरे । 

साथै कार्यक्रममा सिप्रदीका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरी, उपाध्यक्ष सौरभराज थपलिया, भारत पेट्रोलीयम  क्रपोरेसनका(लुब्रिकेन्टका क्षेत्रीय प्रबन्धक राजिव कुमार र भारत पेट्रोलियमको लागि नेपालका प्रबन्धक मुकुन्द धमलाको उपस्थिति रहेको थियो ।

विगत १७ वर्ष देखि सिप्रदी नेपालको नम्बर १ ल्युब्रिकेन्टस्–म्याक ल्युब्रिकेन्टस्को लागि एक मात्र आधिकारिक वितरक हो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।