मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नाडा अटो शोमा रेनल्टको ट्राइबर (भिडियोसहित)

शुक्रबार, १३ भदौ २०७६, १६ : ०७
शुक्रबार, १३ भदौ २०७६

काठमाडौं । नाडा अटो शो २०१९ मा रेनल्टले नयाँ अनुहार रेनल्ट ट्राइबर प्रदर्शन गरिरहेको छ । विल्कुल नयाँ मोडल ट्राइबर अल्ट्रा मोडुलर एसयूभी कार हो ।

भारतीय बजरमा औपचारिक रुपमा सार्वजनिक नभइसकेको ट्राइबरलाई कम्पनीले नेपालमा नाडा अटो शोलाई नै लक्षित गरेर ल्याएको हो । हाल कम्पनीले ट्राइबरको बुकिङ खुल्ला समेत गरिसकेको छ ।

रेनो ट्राइबरको बुकिङ २७ अगष्टबाटै शुरु भइसके पनि अगष्ट २८ मा मात्र भारतमा औपचारिक सार्वजनिक भए पश्चात यसको बिक्री खुल्ला गरिएको हो ।

ग्राहकहरुले केही रकम तिरेर नाडा अटो शो अथवा रेनोको ११ वटा अधिकृत डिलरबाट ट्राइबर बुकिङ गर्न सक्नेछन् । रेनल्टको नेपालका लागि आधिकारिक एड्भान्स अटोमोबाइल्सले ट्राइबरकोे बुकिङ खुलाएको हो ।

आकर्षक र स्टाइलिस लुक्स नै ट्रिइबरको मुख्य विशेषता रहेको कम्पनीले बताएको छ । गाडीको फिचर्स, पर्फमेन्स लगाएतका कम्पोनेन्टहरुले वास्तवमै ट्रिइबरलाई गेम चेन्जर गाडीको रुपमा उभ्याएको छ ।

पुश स्टार्ट–स्टप बटन, स्मार्ट किं लक अनलक सिष्टम, अल्ट्रा मोडुलर एसयूभी फोल्डिङ्ग सिट लगाएतका विशेषताले ट्राइबरलाई विशेष बनाएको छ । ७ सिट क्षमतामा उपलब्ध यस कारमा आवश्यक अनुरुम पछाडिको दुई सिटलाई फोल्ड गरेर बुट स्पेस बढाउन सकिन्छ । जसले धेरै भन्दा धेरै सामान अटाउन सकिन्छ ।

रेनो ट्रिइबरमा रियर एसी भेन्ट उपलब्ध छ । जसमा पछाडिसम्म चिसो हावा प्रवाह गर्दछ र यसमा आफ्नो इच्छा अनुसार एयरफ्लो परिवर्तन गर्न पनि सकिन्छ । रियर पार्किङ क्यामेरा, ८ इन्च टचस्क्रिनसहित मिडिया नेभिगेसन बोर्ड, मल्टीमिडिया प्रणाली लगाएत एन्ड्रोइड र एप्पल कार प्ले सिस्टम कारमा उपलब्ध गराइएको छ ।

रेनो ट्रिइबरमा १.० लिटरको ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इञ्जिनले ७२ पीएस र ९६ एनएम टर्क उत्पादन गर्दछ । यसलाई ५–स्पीड म्यानुअल ट्रान्समिसन अथवा ५ स्पीड इजी–आर–एएमटीसँग जोड्न सकिन्छ । यो इन्धन निपुण गाडी हो र यसमा ४० लिटर पेट्रोल अट्ने क्षमता छ ।

यी बाहेक पनि कारमा अन्य थुप्रै युटिलिटी फिचर्सहरु समावेश गरिएका छन् । १८२ एमएम ग्राउण्ड क्लियरेन्स प्रदान गरिएको ट्राइबरलाई अनरोड–अफरोड दुबैका लागि उपयुक्त मानिएको छ ।

भारतीय बजारमा ५ लाख देखि ६ लाख ४९ हजार भारुसम्म पर्ने ट्राइबरको मूल्य नेपाली बजारमा भने अहिले सम्म तोकिएको छैन । भारतबाट आधिकारिक मूल्य आएपछि मात्र कारको मूल्य निर्धारण गरिने कम्पनीले बताएको छ ।

बाँकी जानकारी भिडियो मार्फत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप