फुटबल टोलीको विदाई

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत कुवेतसँगको छनोट खेलका लागि शुक्रबार नेपाली टोलीको विदाई गरेको छ । नेपालले यही भदौ १९ गते कुवेतसँग अवे खेल खेल्दैछ ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायत ले विदाई गरे । नेपाली टोली आइतबार विहान कुवेत प्रस्थान गर्नेछ । नेपालले कुवेत र चाइनिज ताइपेसँगको खेलमा लागि बिहिबारनै २३ सदस्सीय खेलाडी टोलीको घोषण गरिसकेको छ ।
नेपालले ताइपेईंसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली बलियो टोली अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेईं रहेका छन् । नेपाली टोलीकका प्रशिक्षक योहान कालिनले कुवेतसँग नेपालले यसअघि पनि खेलिसकेकाले राम्रो नतिजा निकालने बताए । ‘कुवेत र नेपकालको स्तरको उस्तै हो । हामीले कडा टक्कर दिनेछौं । खेल प्रतिस्पर्धात्मक हुनेछ,’ कालिनले भने ।
यसपटक नियमिति कप्तान विराज महर्जन टोलीमा छैनन् । विराजको अनुपस्थितिमा गोलरक्षक किरन चेम्जोङलाई कप्तान बनाउने बुझिएको छ । तर प्रशिक्षक कोलिन भने कप्तानको विषयमा खुलेका छैनन् । उनले टोलीका जुनसुकै खेलाडी कप्तान बन्न सक्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट