बेपत्ता परिवारजनको पीडा : न सास छ, न लास

भक्तपुर । आज अगस्ट ३० यो दिन संसारभर अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइँदैछ ।
नेपालमा करिब एक दशक सशस्त्र द्वन्द्व चल्यो । त्यसमा करिब १७ हजार मानिसको मृत्यु भयो । हजारौँ मानिस अङ्गभङ्ग भए । हजारौँको सङ्ख्यामा मानिस बेपत्ता भए ।
भक्तपुर नगरपालिका–८ की कृष्णबेती प्रजापतिका श्रीमान २०५९ सालमा बेपत्ता भए ।
सेनाले घरमा नै आएर उनका श्रीमान सत्यनारायण प्रजापतिलाई लग्यो । केही दिन सूर्यविनायकको ब्यारेकमा राखेको पनि उनलाई थाहा छ । नखोजेको पनि हैन ।
मुलुकमा गणतन्त्र आयो । तर बिडम्बना उनका श्रीमानको खबर आएन । पाँच जना छोरीहरु र एक जना छोरा समर प्रजापतिलाई जसोतसो गरेर हुर्काउँदै आएकी कष्णबेतीलाई यो निको नहुने घाउले सधँै सताउँछ ।
स्नातक तह अध्ययन गर्दै गरेका समर उतिबेला सानै थिए । उनलाई पीताको बारेमा केही थाहा भएन तर अहिले बुझ्ने भए पनि भने समरको मनमा निकै ठूलो चोट लागेको छ ।
भक्तपुर चुनदेवीका नारायणभक्त त्वायनाका २२ वर्षीय छोरा बद्री नारायण २०५८ साल चैत १२ गते बेपत्ता भए । त्यति बेलाको कहाली लाग्दो दिन र रात सम्झँदै नारायणभक्त भन्छन्, मेरो छोरा नसमातेसम्म घरमा दिनरात भन्न पाइएन् ।
उनका छोरासँगै नुवाकोट त्रिशूलीका ठाकुरप्रसाद लामिछाने र भक्तपुरकी सुलोचना दुवाललाई समेत सेनाले लगेको स्मरण गर्दै उनी भन्छन्, मेरो छोरो र ठाकुरको पत्तो छैन । तर सुलोचना भने उतिबेला नै फिर्ता आइन् ।
उनले भने माओवादीका नेताहरु तपाईंका छोरा सहिद भए भन्नुहुन्छ । सहिद भएको भए स्थान देखाऊ, सालिक बनाइदेऊ सरकार, मेरो छोराको कि लास चाहियो कि सास चाहियो ।
त्यो द्वन्द्वबाट भक्तपुर पनि अछुतो रहेन । मुलुकमा सङ्कटकाल लागेको त्यो समयमा राज्यपक्ष र तत्कालीन नेकपा माओवादीबाट गरेर भक्तपुरमा १२ जना मानिस बेपत्ता भए ।
अन्तरिम संसद् सांसद बेपत्ता परिवारजन नारायणीदेवी प्रधान लगायतका बेपत्ता परिवार जनले सँधै आफ्ना घाउमा कोट्याउने काम मात्र भएको बताउँछिन् । दस वर्षे द्वन्द्वका क्रममा श्रीमान गुमाएकी प्रधान भन्छिन्, ‘‘राज्यले बेपत्ताहरुको छानबिनमा चासो देखाएन ।”
बेपत्ता परिवारजन भन्छन्, ‘बरु मरे, मारेको ठहर भए अन्तिम संस्कार पनि हुन्थ्यो, बिस्तारै घाउ पनि निको हुँदै जान्थ्यो होला तर खोजबिन, पर्खाई र तड्पाइमा हाम्रो जीवन बित्ने भयो ।”
स्वस्तिका बिसुंकेकोका दाइ रामगोपाल द्वन्द्वमा सहिद भए । उनकी भाउजु दुर्गा बिसुंकेलाई राज्यपक्षले बेपत्ता बनायो । दाइका दुई छोरीहरु पूजा र पुनमलाई हुर्काएर उनले स्नातकसम्म पढइन । तर पनि उनकी ६६ वर्षकी आमा सीतालाई भने त्यो घटनाले सधैँ सताइरहन्छ ।
उनी भन्छिन्, ‘‘एकातिर परिवारका सदस्य बेपत्ता हुँदाको पिँडा त छँदैछ । पैतृक सम्पत्ति पनि नामसारी गर्न पाएका छैनौँ ।’ नागरिकता पाउन कठिन भएको छ ।
सरकारले बेपत्ताको सूची तयार गरे पनि बेपत्ता परिवारले पाउनुपर्ने न्यूनतम सेवा सुविधासमेत पाउन नसकिएको उनीहरुको आक्रोश छ ।
अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा बिहीबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बेपत्ता नागरिकका परिवारको रुवाइले कार्यक्रमा सहभागी सबैको आँखा रसाए ।
यति लामो समयसम्म बेपत्ता भएका आफन्तका बारेमा केही थाहा नहुँदा ठूलो पीडामा बस्नुपरेको र सरोकारवाला निकायले छिटोभन्दा छिटो आफन्तहरुका बारेमा जानकारी गराउन बेपत्ता नागरिकका परिवारले माग गरेका छन् ।
बेपत्ताको खोजबिनमा सरकार र आयोगको पहल कदमी फितलो भएको बताउँदै उनीहरु कहाँ छन् भन्ने जवाफ दिन ढिलाइ गर्न नहुनेतर्फ ध्यानाकर्षण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी