शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डबल नेकपा सरकारले कुनै काम गर्न सकेन : वैद्य

शुक्रबार, १३ भदौ २०७६, १२ : ०२
शुक्रबार, १३ भदौ २०७६

बुटवल । नेकपा क्रान्तिकारीका माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले डबल नेकपा सरकारले राष्ट्रियता र जनजीविकाका विषयमा केही पनि काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

शुक्रबार बुटवलमा क्रान्तिकारी पत्रकार माहसंघले आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै वैद्यले भने, ‘यो सरकारले कुनै काम गर्न सकेको छैन । केवल कम्युनिष्ट पार्टीको बदमान मात्र गराएको छ । सरकारले अनुभूति जनताले गरेका छैनन् ।’

उनले सरकारले केवल महँगी बढाउने काम मात्र गरको आरोप लगाए ।

उनले सरकारको परराष्ट्र नीति निकै कमजोर भएको उल्लेख गर्दे चीनतर्फ जाँदा चीनसँग नजिक, भारततर्पm जादाँ भारतसँग नजिक अनि अमेरिका जादाँ अमेरिकासँग नजिक देखिने गरेको बताए ।

वैद्यले सरकारले मंसीर १४ गतेका लागि घोषणा गरेको उपनिर्वाचन बहिस्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको बताए । उनले चुनावलाई पार्टीले कार्यनीतिको प्रश्न मानेकोले यसलाई आवश्यकता अनुसार उपयोग गर्ने र उपयोग नगर्ने बताए । अहिलेको अवस्थामा उपयोग गर्दा फाइदा नहुने भएपछि बहिस्कार गर्ने रणनीति पार्टीले ल्याएको बताए ।

यता, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई राजनीतिक ढङ्गबटै समाधान गर्नुपर्ने उनले बताए । उनले भने, ‘त्यो समूहलाई प्रतिबन्धित गर्ने होइन ।’

आफ्नो पार्टीको हाल कुनै पाटीसँग एकता प्रकृया नचलेको बताउँदै ध्रुवीकरणको सम्भावना भने हुन सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप