बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय खन्नाको तस्बिर देखेर हैरान प्रशंसकः भने, ‘केबाट के भए’

शुक्रबार, १३ भदौ २०७६, ०९ : २८
शुक्रबार, १३ भदौ २०७६

बलिउड नायक अक्षय खन्नाको पछिल्लो तस्बिर आजकाल चर्चामा छ । सोसल मिडिया प्लेटफर्ममा अक्षयको तस्बिर सार्वजनिक भएपछि प्रशंसक उनको स्वास्थ्यबारे प्रश्न उठाइरहेका छन् ।

तस्बिरमा अक्षय खन्नाको तौल पहिलेको भन्दा निकै घटेको देखिन्छ । अक्षयको कपाल देखेर पनि प्रयोगकर्ताले विभिन्न प्रश्न उठाइरहेका छन् । वास्तवमा, फोटोमा अक्षय खन्नालाई हेर्दा यस्तो लाग्छ कि उनलाई कुनै रोगले च्यापेको छ ।

अक्षयको तस्बिरमा चासो देखाउँदै प्रयोगकर्ताले लेखे, ‘केबाट के भए ।’ यस्तै एक प्रयोगकर्ताले सोधे, ‘अक्षयले कपाल प्रत्यारोपण किन गराउँदैनन् ?’

अक्षय खन्नाका तस्बिरमा थुप्रै प्रयोगकर्ताले उनको राम्रो स्वास्थ्यको कामना गरे । कति प्रयोगकर्ताले आजको समयमा पनि अक्षयले आफूलाई किन फिट नराखेको भनेर पनि प्रश्न गरे ।

स्मरण रहोस्, अक्षय खन्ना चाँडै नै फिल्म सेक्सन ३७५ मा देखिँदैछन् । यो फिल्ममा उनले एक वकिलको भूमिका निभाउँदैछन् । फिल्ममा ऋचा चड्डा पनि छिन् । यो फिल्म अजय बहलले निर्देशन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप