बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

‘साहो’ सँग डराएको छ बलिउड, पहिलो दिन तोडिनेछ कमाईको सबै रेकर्ड !

शुक्रबार, १३ भदौ २०७६, ०९ : ०८
शुक्रबार, १३ भदौ २०७६

फिल्म साहोका लागि प्रभासका प्रशंसक अत्यधिक उत्साहित छन् । फिल्म युएईमा भारतभन्दा एकदिन अघि नै रिलिज भइसकेको छ र प्रशंसकले यसलाई ब्लकबस्टर पनि भनिरहेका छन् । भारतमा साहो ३० अगस्टमा १० हजार स्क्रिनमा रिलिज भइरहेको छ ।

साहोले रिलिज अघि नै विभिन्न रेकर्ड तोडिसकेको छ । बक्स अफिसमा बलिउड फिल्मनिर्माता डराइरहेको पनि भन्ने खबर आइरहेको छ । त्यसैले त साहोको वरिपरि टाढाटाढासम्म कुनै ठूला फिल्म रिलिज हुने योजनामा छैनन् ।

चार भाषामा रिलिज भइरहेको साहोले पहिलो दिन नै पुराना सबै रेकर्ड तोडिने आशा छ ।

साहो कसरी हिन्दी फिल्मका लागि खतरा बनेको छ र कसरी साहोले पहिलो दिनमै २.०, ठग्स अफ हिन्दोस्तान र बाहुबली टुको केलक्सनलाई तोड्न सक्छ ?

पहिलो दिन सय करोड कमाउनेछः

फिल्मले पहिलो दिनमा सय करोडको कमाई गरेको खण्डमा त्यति आश्चर्य मान्नुपर्दैन । वास्तवमा आँकडालाई हेर्ने हो भने रजनीकान्तको २.० विश्वव्यापी १० हजार स्क्रिनमा रिलिज भएको थियो जसमध्ये ७८५० स्क्रिन भारतमा थियो । फिल्मले पहिलो दिन भारतमा ७० करोडको व्यापार गर्यो । यस्तै, बाहुबली टुको कुरा गर्ने हो भने यो फिल्म विश्वव्यापी ९ हजार स्क्रिनमा र भारतमा ६५०० स्क्रिनमा रिलिज भयो । बाहुबली २ ले पहिलो दिन १२१ करोड कमाएर इतिहास रच्यो ।

पहिलो दिनको कमाईको पुरानो रेकर्ड तोड्नेः

साहो भारतमा मात्रै १० हजार स्क्रिनमा रिलिज हुँदैछ । विदेशको स्क्रिन काउन्टको कुनै आधिकारिक जानकारी प्राप्त छैन । यस्तोमा साहोले पहिलो दिन कमाईको सबै पुरानो रेकर्ड तोड्न सक्छ । साउथमा त सिंगल स्क्रिन्समा साहोको टिकटको मूल्य बढाएको पनि खबर आइरहेको छ ।

हुन त केही ट्रेड एनालिस्टको अनुमान अनुसार पहिलो दिन साहोको भारतमा कुल कलेक्सन ७५ करोड नजिक हुनसक्छ । साहोको हिन्दी संस्करणले पहिलो दिन १५–२० करोड कमाउन सक्छ ।

यदि साहोले पहिलो दिन ६० करोड बढी कमाउन सफल भयो भने फिल्म ठग्स अफ हिन्दोस्तान, एभेन्जर्सः एन्डगेम र कबिर सिंहको पहिलो दिनको बक्स अफिस कलेक्सनको रेकर्ड तोड्नेछ ।

साहोसँग कसरी डराएको छ बलिउड ?

१५ अगस्टमा बाटला हाउस र मिशन मंगल रिलिज भएको थियो । त्यसपछि कुनै पनि ठूला फिल्म रिलिज भएका छैनन् । जबकी थुप्रै राम्रा फिल्म रिलिजका लागि लाइनमा छन् । १५ अगस्ट पछिका दुई हप्तामा अक्षय र जोनको फिल्मले राम्रो व्यापार गर्ने मौका पायो । ३० अगस्टपछि १३ सेप्टेम्बरसम्म कुनै ठूला फिल्म आइरहेका छैनन् । १३ सेप्टेम्बरमा सेक्सन ३७५ र ड्रिम गर्ल रिलिज हुनेछ । साहोको रिलिज अघि र रिलिज पछि मैदान खाली छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप