कुटपिट गर्ने दुई जना प्रहरीलाई निलम्बन गरिने

जनकपुर – जनकपुरको फुटपाथमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिचेर सार्वजनिक गरेको भन्दै प्रहरीले युवा अभियन्ता सुशील कर्णलाई कुटपिट गरेका छन् ।
बिहिबार दिउँसो जानकी चोकमा नरिवल बेचिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का १९ वर्षका युवक रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेको थियो ।
रोशनलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक गरेको केही घण्टामै यूवा अभियन्ता सुशिल कर्णमाथि प्रहरीले गरेको ज्यादतीको गरेको थियो । त्यसको विरोधमा सो कार्यमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीयले नारावाजी गरेका थिए ।
जनकपुरको जानकी प्रहरी चौकीका प्रहरीले अभियन्ता कर्णलाई चौकीमा बोलाएर भिडियो किन खिचेको भन्दै कुटपिट गरेका थिए । जानकी मन्दिर परिसरमा रहेको पर्यटक प्रहरीका ईन्चार्ज विरेन्द्रकुमार यादवले अभियन्ता कर्णलाई चौकीमै बोलाएर हातपात गरेका थिए ।
यता धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले अभियन्ता सुशिल कर्ण र नरिवल बेच्ने युवक रोशनमाथि भएको दुव्र्यवहार तथा कुटपिट गर्ने पर्यटक प्रहरी इन्चार्ज विरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कारवाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरे ।
ईन्चार्ज यादव र प्रहरी जवान यादवलाई निलम्बनका लागि सिफारिस गर्ने र थप कारवाहीका लागि प्रक्रिया अगाडी बढाइने प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
-
रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
-
डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा
-
अर्घाखाँचीका किसानलाई मौरी वितरण
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष