शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा नेपालको राजनीतिक समितिको बैठक स्थगित

बिहीबार, १२ भदौ २०७६, १९ : ४२
बिहीबार, १२ भदौ २०७६

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बोलाएको राजनीतिक समितिको बैठक स्थगित भएको छ । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बोलाएका थिए । बैठक बोलाएको कारण पार्टीका विरोध भएको थियो । सोही विरोधका कारण आज महन्थ ठाकरको निवासमा राजपा नेपाल अध्यक्षमण्डलको बैठक बस्यो ।

बैठकमा राजनीतिक समितिको एजेण्डाको विषयमा छलफल गरेर मात्र बैठक बस्ने सहमिति गरेको पार्टीका सचिव सञ्जय यादवले बताए । शुक्रवारका लागि राजनीतिक समितिको बैठक बोलाएको थियो । शुक्रवारको बैठक स्थगित गरी अध्यक्षमण्डलको बैठक बोलाएको छ । सो अध्यक्षमण्डलको बैठकमा एजेण्डाको विषयमा छलफल गरी शनिवार मात्र राजनीतिक समितिको बैठक बस्ने बताइएको छ ।

समाजवादी पार्टीसँग एकीकरण गर्ने कि नगर्ने राजपा नेपालमा विवाद रहेको छ । राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारी समाजवादी पार्टीसँग तत्कालै एकीकरण गरेर एकताको महाधिवेशन गर्ने पक्षमा छन् भने अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव, अध्यक्षमण्डलका सदस्यहरु अनिलकुमार झा, महन्थ ठाकुरले पार्टीको महाधिवेशन गरेर मात्र एकीकरणको प्रकृयामा जाने पक्षमा छन् । यिनै विवादको समाधानका लागि राजनीतिक समितिको बैठक बोलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप