बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्रा गाडीको प्रतिनिधित्व गर्दै नाडामा श्रृंखला खतिवडा

बिहीबार, १२ भदौ २०७६, १९ : २४
बिहीबार, १२ भदौ २०७६

काठमाडौं– नाडा अटो शोको तेस्रो दिन पनि महिन्द्राको स्टलमा अवलोकनकर्ता र ग्राहकको बाक्लो उपस्थिती थियो । नाडा अटो शोमा महिन्द्राले बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित  टीयूभी ३०० र स्कर्पीयो पिकअप राखेको छ । 

यस पटकको अटो शोमा महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा थियो । यसै व्रmममा महिन्द्रा अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडर पूर्व मिस नेपाल श्रृंखला खतिवडाको उपस्थितीले अवलोकनकर्ता र गा्रहकको ध्यान केन्द्रित गरेको थियो ।  

पूर्व मिस नेपाल श्रृंखला खतिवडा महिन्द्राले उत्पादन गरेको स्पोर्टस यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ र कम्पनीकोे लग्जरी मल्टि पर्पोज भेइकल (एमपीभी) ‘मराजो’ को विषयमा अवलोकनकर्ता र गा्रहक सामू आएर महिन्द्रा ब्राण्डकोबारेमा आफ्नो बिचार, अनुभव र गाडीका विषेशता भन्न पाएकोमा खुसी लागेको बताइन् ।

खतिवडा आफु स्वयं भने ‘एक्सयूभी–३००’ का थुप्रै फर्ट इन सेग्मेन्ट का सात वटा एयरब्याग र चारै चक्कामा डिस्क–ब्रेक भएको सेफ्टी फिचर लगायत ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषता, सबै सिटमा सीटबेल्ट रिमाइन्डर,  एप्पल कार–प्ल र एन्ड्रोइड अटो सहितको ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्मार्टवाच कनेक्टीभीटी, इन्जिन स्टार्ट–स्टप, क्रुज कन्ट्रोल, गाइडलाइन सहित रिभर्स पार्किङ क्यामरा, सिक्स–वे एड्जस्टेबल ड्राइभर–सिट, इलेक्ट्रिका सनरुफक साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषताहरुबाट आकर्षकीत भएको बताउँछिन् । 

एक्सयूभी ३०० अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी हो । साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्ने कुरामा उनि विश्वस्थ छिन् । 

यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा वर्गीय परिभाषित आन्तरिक सजावट÷बनावटले यसलाई रोमाञ्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित हुनेछ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप