सर्लाहीका श्याम परदेशीबाट ६ करोड बढी ठगिएकाहरुको काठमाडौंमा धर्ना
कठमाडौं– सर्लाहीका श्याम परदेशी भनिने श्यामकृष्ण कलवारले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौंमा धर्ना दिएका छन् । बिहिबार सर्लाहीबाट काठमाडौं आएका पीडितहरुले माइतिघरमा धर्ना बस्दै उनलाई जालझेल, ललाई फकाई, डरक्रास र करकापमा पारी किर्ते जालसाजी गरी ठगि गरेकोले ठगी लगायतका मुद्धा चलाउन माग गरेका छन् ।
साथै सरकारले छानविन आयोग बनाई उनले ठगेको बिषयमा सत्यतथ्य छानविन गर्न माग समेत गरेका छन् । कलवारले गाउँमा सोझासिदा नागरिकलाई तमसुक बनाई चर्को व्याजदरमा ऋण प्रवाह गर्ने, परिवारका सबै सदस्यलाई ऋणी बनाउने र भनेजति पैसा नदिए लेनदेनको मुद्धा चलाएर दुःख दिने गरेको पीडितहरुले बताएका छन् ।
सर्लाहीको साविक पिपरिया गाविस स्थायी घर भै हाल मलङ्गवा नगरपालिका वडा नं. ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण कलवारले सर्लाही लगायतका विभिन्न ठाँउका विपन्न सोझा साझा, अशिक्षित, गरिव निमुखा व्यक्तिहरुलाई ऋण लगानी गर्ने क्रममा एकै परिवारका फरक–फरक व्यक्तिलाई फरक–फरक कागजात बनाएर ऋण लिएको भन्दा दशौं गुणा बढी रकमको कागज बनाउने गरेको उनीहरुले बताएका छन् ।
कलवारले बेला बेला तिरेको ऋणको निस्सा नदिने, चुक्ता गरेको ऋणको समेत कागज नच्यात्ने, ऋण दिने बेलामा सेवा शुल्क रक्सी, मासु खर्च भनेर १० हजार भन्दा बढी रकम कटौती गरेर दिने गरेका छन् । एकमुष्ट ऋण र व्याज माग गरेपछि आपतमा परेकाहरुका जवान महिलालाई साँझ पठाईदिए मिनाह गर्ने प्रस्ताव राख्ने,कतिपयलाई हातपातको प्रयास समेत गरेको र कतिपयलाई उसले भनेको नमान्दा लेनदेनको केशमा अदालतमा मुद्धा हालेर थुनामा रहेको श्याम परदेशी पीडित संघर्ष समितिले जनाएको छ ।
पीडक श्याम परदेशीले हालसम्म १ सय ५० जना व्यक्तिलाई १ करोड ९ लाख ५१ हजार साँवा दिएकोमा उनले हालसम्म १ करोड ४७ लाख ४ हजार रकम लिइसकेका छन् भने अझै ७ करोड रकम तिर्नुपर्ने दावी गरेका छन् ।
उनको शोषणबाट मुक्तिका लागि काठमाडौैं आएका उनीहरुले आज नेकपाका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् । भोली उनीहरुले गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापनपत्र बुझाउँदैछन् ।
पीडितहरुले श्याम परदेशी पीडित संघर्ष समिति बनाएर आन्दोलन थालेका छन् । उनीहरुको आन्दोलनमा विभिन्न दलका सांसद तथा पूर्वमन्त्रीहरुले समेत साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह