शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

विद्यार्थी मोर्चाको एकताका बाँकी काम भदौभित्र सकिन्छ: शाक्य

बिहीबार, १२ भदौ २०७६, १८ : ०२
बिहीबार, १२ भदौ २०७६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्यले विद्यार्थी मोर्चाको एकताका बाँकी काम छिट्टै सम्पन्न गरिसक्ने बताएका छन् ।  अनेरास्ववियुको कार्यालयको उद्घाटन गर्दै विद्यार्थी मोर्चाको इन्चार्ज समेत र नेता शाक्यले विद्यार्थी मोर्चाको एकताका बाँकी काम भदौभित्र सक्ने बताएका हुन् । 

पार्टी एकीकरण पछि पनि अलग अलग कार्यालय चल्दै आएको अनेरास्ववियुको दुवै कार्यालय आजबाट एउटै भएका छन् । तत्कालिन अनेरास्ववियु क्रान्तिकारीको कार्यालय रहेको कार्यालय अब अनेरस्वियुको कार्यालय हुने भएको छ ।

आज भएको कार्यक्रममा अनेरास्ववियु संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले बिहीबार पदभार ग्रहण पनि गरेका छन् । कार्यालयको उद्घाटनमा इन्चार्ज शाक्यले एकता प्रक्रियाको बाँकी काम सम्पन्न गर्न एकता प्रक्रियाको समस्या र सम्भावनामा छलफल चलिरहेकोले छिट्टै टुंगोमा पुग्ने बताए । 

पदभार ग्रहण पछि संयोजक  महर र सहसंयोजक तामाङले एकताको एकताको बाँकी काम सम्पन्न गरेर संगठन स्ववियु निर्वाचनको तयारीमा जुट्ने बताए । साझा कार्यालय उद्घाटन र पदभार ग्रहण कार्यक्रममा तत्कालीन अनेरास्वियु र अनेरास्ववियु क्रन्तिकरका पूर्व अध्यक्षहरु सहभागी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप