शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्य राजमार्ग : कहाँको अवस्था कस्तो ?

आइतबार, २९ साउन २०७४, १७ : १२
आइतबार, २९ साउन २०७४

काठमाडौं–लगातारको वर्षाका कारण ठाउँठाउँमा गएको पहिरो र बाढीले सडक बगाउँदा देशभरका अधिकांश मुख्य सडक अवरुद्ध भएका छन् । बाढी  पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा हजारौ सवारी साधन र यात्रु अलपत्र परेका छन् । 


लगाताको बर्षापछि झरेको पहिरोका कारण पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन बन्द भएको छ । यस्तै, तराई लगायत विभिन्न क्षेत्रमा लगातारको बर्षाले डुवान र सडक तथा पुल बगाउँदा नियमित सवारी आवागमनमा समस्या आएको हो । 


पहिरोका कारण पूर्व पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, वीपी राजमार्ग लगायत मुलुकका प्रमुख राजमार्गहरु अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ । यी राजमार्गमा नियमित रुपमा सवारी गुड्न नसक्दा राजधानीवाट वाहिरीने तथा राजधानी प्रवेश गर्ने हजारौं यात्रु प्रभावित भएका छन् । यस्तै, अन्य विभिन्न जिल्लाका राजमार्गहरुपनि नियमित रुपमा सञ्चालन हुन नसकेको जनाइएको छ । 


लगातारको बर्षले गर्दा सडकमा खसेको पहिरो पन्छाउन नसकेको र राजधानी आवातजावत गर्ने तथा अन्य विभिन्न क्षेत्रमा लागि छुटेका सवारी वाटौमै अलपत्र परेको पनि ट्राफिक प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको कालिखोलामा ठूलो पहिरो झरेको छ । पहिरोका कारण मुग्लिन नारायणगढ सडकखण्ड हुदै चल्ने सवारी पुर्ण रुपमा प्रभावित भएको प्रहरीले जनाएको छ । उक्त सडकखण्ड भएर चल्ने सवारी साधन मुग्लिङ्ग, आबुखैरेनी र जुगेडी तथा रामनगरमै रोकिएको छ ।


यस्तै, धादिङ्गको तिघ्राखानी, झिङ्गाने डाँडा, र ज्यामिरे डाँडामा पहिरो झरेका कारण सवारी आवागमन अवरुद्ध भएको पनि ट्राफिक प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पाको तिनाउ गाँउपालीका ५ चौबिस माईलमा गएराती झरेको पहिरोका कारण बाटो पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 
पहिरोकै कारण महेन्द्र राजमार्ग अन्र्तगत नवलपरासीको बर्दघाट नगरपालीका ४ दाउन्नेमा सवारी आवागमन अवरुद्ध भएको छ । दाउन्ने मुख्य सडक भासिएको कारण सवारी आवागमन अवरुद्ध भएको जनाइएको छ । 


पहिरोका कारण दक्षिणकाली–कुलेखानी–सिसनेरी, फाखेल–इनद्रसरोवर, पालुङ –वाघधुरा रुट भएर चल्ने सवारीहरुको आवागमन प्रभावित भएको पनि जनाइएको छ । बर्दिबासमा पनि पहिरो झरेका कारण वीपी राजमार्ग भएर चल्ने सवारी साधन अवोधमा थिए । यद्यपी, पहिरो हटाउने कार्य सकिएकाले वीपी राजमार्ग सुचारु भएको जनाइएको छ । त्यस्तै धादिङ हुदैं चल्ने सवारी साधनको आवागमन एकतर्फी रुपमा सञ्चालनमा आइसकेको छ । 


ठाउँठाउँमा भएको सडक अवरोध हटाउने प्रयास जारी रहेको जनाइएको छ । केही ठाउँमा पहिो पन्छाएर सवारी आवागमन सुचारु समेत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 


राजधानीवाट मात्र दैनिक सरदर २० हजार सानाठूला सवारी विभिन्न नाका हुँदै वाहिरिने तथा  भित्रने गर्छन् । ती सावारीमा दैनिक ५ लाख भन्दावढी यात्रु सवारी गर्ने गरेको यातायात व्यवसायीको भनाइ छ । तर, बर्षाले गर्दा सडक अवरुद्ध हुँदा यो संख्या आधा भन्दा पनि कम भएको छ । धेरैजसो सवारी वाटोमै अलपत्र परेको र केही स्थानको वाटो भने सूचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 


ट्राफिक प्रहरी महाशाखाका डिएसपी मधुसुदन सिलवालका अनुसार सामान्य अवस्थामा साढे ९ हजारको हाराहारिमा सवारी साधन राजधानीवाट वाहिरीने तथा सोही संख्यामा भित्रने गरेका छन् । तर, आइतबार पनि मुग्लिन नारायणगढ सडकखण्ड, दक्षिणकाली–कुलेखानी, धादिङ, फर्पिङ सडक खण्ड अवरुद्ध हुँदा सवारी आवागमन ठप्प छ । पहिरो पन्छाएपछि अपहन्न वाट सिन्धुलि–वर्दिबास सडक खण्ड भने सूचारु भएको सिलवालले बताए । ठाउँठाउँमा पहिोका कारण सडक अवरुद्ध हुँदा राजधानीवाट वाहिरिने तथा भित्रने सवारीको संख्या ७५ प्रतिशत कम छ । 


प्रहरीका अनुसार अघिल्लो दिन शनिबार विभिन्न नाका भएर ७ हजार ३ सय २८ सवारी राजधानीवाट बाहिरीएका छन् । यस्तै, ७ हजार ४७ वटा सवारी राजधानी प्रवेश गरेका छन् । नाकढुंगा नाका भएर २ हजार एक सय ९९ सावरी भित्रिएका छन भने २ हजार ३ सय ८८ सावरी वाहिरीएको ट्राफिक प्रहरीले जनाएको छ । 


यस्तै, भक्तपुर हुँदै ४ हजार एक सय ५ सावरी भित्रिएको र ४ हजार २ सय ५८ वाहिरिएको जनाइएको छ । मुड्खु नाकावाट २ सय ३२ सावरी राजधानी भित्रिएका छन भने २ सय ५२ वाहिरिएका छन् । फर्पिङ नाका हुँदै ५ सय ११ भित्रिए भने ४ सय ३० सावरी शनिबार राजधानीवाट वाहिरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप