प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्स मात्रै गरिएको,क्याबिनेट बैठक बसेनौः सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सदस्यहरुसंग गरेको भिडियो कन्फ्रेन्समा ‘हाई हेल्लो’ मात्रै गरिएको तर मन्त्रीपरिषद्को बैठक नै चाहि नबसेको स्पष्ट पारेका हुन् । उनले हँुदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टी जनाए ।
उनले भने, ‘त्यो कानूनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादन सम्बन्धी विषयमा भिडियो कन्फ्रेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ । तर हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौ, एजेण्डा पनि त्यहा कुनै थिएन र पास गरिएन । हामी अरु कुराहरुमा पनि यसलाई पहिलो प्रयास हो, अभ्यास हो, हामी टेक्नोलोजीमा गर्न सक्छौ भन्ने प्रमाणित भयो भनेका छौ ।’
प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले हेलो हाई भन्नका लागि मात्रै भिडियो कन्फ्रेन्स गरिएको हो भने कार्यसम्पादन नियमावलि किन संशोधन गरियो भनी प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री बाँस्कोटाले भविश्यमा गर्नुपर्यो भने गर्न सकिन्छ भनेर कार्यसम्पादन नियमावली संशोधन गरिएकाले आवश्यक परे भिडियो कन्फ्रेन्समार्फत क्याबिनेट पनि बस्न सक्ने बताए । विदेशमा जहाजबाट नै मन्त्रिपरिषद्का बैठक हुने गरेको भन्दै भिडियो कन्फ्रेन्सलाई सूचना चुहियो र गोपनियता भंग भयो भनेर भन्न नमिल्ने तर्क उनले गरे ।
उनले भने, ‘बाँदरको मुटुको अपरेशन किन गरियो ? पहिले मान्छेकोमा गरिएन । किनभने मान्छेकोमा पनि आवश्यक परे गर्न सकिन्छ भनेर गरियो । त्यो सफल भएपछि मान्छेकोमा प्रयोग गरियो । त्यसैले भिडियो कन्फरेन्सबाट पनि बैठक गर्न सकिन्छ कि सकिदैन भनेर प्रयोग गरियो । प्रयोगले सफल देखायो । क्याबिनेट होइन । हामी मन्त्रिपरिषद्का सदस्यहरु जम्मा भएर गरेको हो ।’
मन्त्रिपरिषद् कार्यसम्पादन नियमावली संशोधन गरेर सिंगापुरमा रहेका प्रधानमन्त्रीसँग भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद्को बैठक बसेको विषयलाई सत्तारुढ दलकै नेताहरुले पनि विरोध गर्दे आएका छन् । चौतर्फी विरोध हँुदै आएको यो बैठकलाई सरकारका प्रवक्ताले भने क्याबिनेट बैठक नै नभएको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित