दमौलीमा कारको ठक्करबाट एक युवतीको मृत्यु
बिहीबार, १२ भदौ २०७६, १२ : ५६

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१य १३९७ नं को कारले पैदलयात्री परियारलाई ठक्कर दिए पछि सख्त घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
-
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
-
अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास
-
हमासले मानेन इजरायलको प्रस्ताव
-
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
-
प्रि–मनसुनमा कसरी भित्र्याउने हिउँदेबाली ?