भरतपुर विमानस्थलको चाँडै स्तरोन्नति हुन्छः भट्टराई
चितवन–संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको स्तरोन्नतिको विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । उनले स्तरोन्नतिको काम छिट्टै सुरु गरिने पनि जानकारी दिए ।
बिहीबार बहान विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले पर्यटकीय हिसावले महत्वपूर्ण विमानस्थलका रुपमा रहेकाले यसलाई पर्यटन मन्त्रालयको निति तथा कार्यक्रममा समेटेर विशेष प्राथमिकतामा राखिएको बताए ।
मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई डोमेस्टिक विमानस्थलका रुपमा अघि बढाउने योजना रहेको पनि सो क्रममा बताए ।
मन्त्री भट्टराईले नेकपा अध्यक्ष प्रचण्डको उपस्थितिमा तत्कालै सर्वपक्षीय छलफल बस्ने तयारी भईरहेको जानकारी दिँदै विमानस्थललाई व्यवस्थित बनाउने सिलसिलामा विमानस्थल नजिकै रहेको नेपाली सेनालाई सम्मानजनक रुपमा सिफ्ट गर्ने विकल्प पनि रहेको उल्लेख गरे ।
मन्त्री भट्टराईले विमानस्थल सुधार तथा व्यवस्थित बनाउने पैसाको कुनै समस्या नरहेको पनि बताए ।
सो क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि भएका विभिन्न प्रयासका बारेमा व्रिफिङ गरेकी थिइन् । उनले लुक्लापछिको दोस्रो जोखिमपूर्ण विमानस्थलका रुपमा रहेको भन्दै यस्लाई चाँडैनै सुधारका लागि कदम चाल्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना