संसारकै सबैभन्दा धेरै कमाउने गायिका, जसको एक दिनको कमाइ ३.६२ करोड
हलिउड गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने गायिका बनेकी छिन् । बिहीबार फोब्र्सले जारी गरेको धेरै कमाइ गर्ने गायक/गायिकाहरुको सूचीमा टेलर सबैभन्दा बढी कमाई गर्ने गायिकामा परेकी हुन् ।
फोब्र्सका अनुसार सबैभन्दा धेरै कमाई गर्ने टेलरको सालाखाला आम्दानी १८५ मिलियन डलर रहेको छ । उनको एक दिनको कमाई ५.६ लाख डलर रहेको छ । उनीपछि दोस्रो नम्बरमा सबैभन्दा धेरै कमाई गर्नेमा बियोन्से र तेस्रोमा रिहाना रहेकी छिन् ।
फोब्र्सले अघिल्लो महिना संसारमै सबैभन्दा धेरै कमाई गर्ने सेलिबे्रटीको सूची जारी गरेको छ । त्यसमा पनि टेलर स्विफ्ट यसमा पहिलो नम्बरमा थिइन् । यस सूचीमा दुई जना मात्रै महिला समावेश भएका थिए । जसमा टेलर स्विफ्टभन्दा पछाडि अमेरिकी रियालिटी स्टार तथा मोडेल काइली जेनर थिइन् ।
रिपोर्टको अनुसार टेलरसँग ६०० करोडभन्दा बढी अचल सम्पत्ति रहेको छ । उनीसँग चार वटा अलग–अलग राज्यमा ८ भन्दा बढी महल रहेका छन् । टेलरले आफ्नो कमाइको ठूलो हिस्सा रियल एस्टेटमा लगानी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए
-
अध्यादेशमा जसपा नेपालको आपत्ति कहाँ ?
-
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
-
बागमती प्रदेशसभा : विधेयक छलफलका लागि समितिमा पठाइयो