बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारमन्त्रीले राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक पेश गर्ने

बिहीबार, १२ भदौ २०७६, ११ : ४८
बिहीबार, १२ भदौ २०७६

काठमाडौं–आज बस्ने राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले बिवादास्पद मिडिया काउन्सिल बिधेयक पेश गर्ने भएका छन् ।

राष्ट्रिय सभा बैठकको संभावित कार्यसूचीको पहिलो बुँदामा सो विषय रहेको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सेफगार्ड, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ बिधेयक २०७५ माथि बिचार गरियोस भन्ने अर्को कार्यसूची रहेको छ । 

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भूमि सम्बन्धी आठौं संसोधन विधेयक २०७५ लाई दफावार छलपलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भनेर प्रस्ताव गर्ने कार्यसुची रहेको छ । 

वनमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वातावरण संरक्षण विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव गर्ने कार्यसुची रहेको संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप