८५ देशका खेलाडीसँग प्रतिस्पर्धा गर्न युरोप पुगे गुल्मीका खरेल

बुटवल। दक्षिण पूर्वी युरोपको बुल्गेरियास्थित पाल्मोदिया शहरमा अगष्ट २४ गतेदेखि अगष्ट ३१ सम्म चल्ने २१ औं आईटिएफ तेक्वन्दो विश्व प्रतियोगितामा गुल्मीका नवराज खरेल पुगेका छन् ।
विश्वका ८५ मुलुकका ५ सय जना खेलाडी सहभागि हुने उक्त प्रतियोगितामा नेपालबाट २३ जना खेलाडी मध्ये प्रदेश ५ बाट ४ जना खेलाडी पुगेका छन् । जसमध्ये रुपन्देहीबाट मोहन गाह, नवलपरासीबाट अमिर सेख, रुपन्देहीबाट आशिष थापा र गुल्मीबाट खरेल पुगेका हुन् ।
ब्ल्याक वेल्ट तेश्रो डन प्राप्त गरेका खरेल २०६५ साल देखि गुल्मीको सदरमुकाम तम्घासमा आईटिएफ तेक्वन्दो खेलको विकास गर्न प्रशिक्षकका रुपमा सक्रिय भएका हुन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–१ साराङमा जन्मिएका खरेल २०६४ सालदेखि उक्त खेलमा सहभागी भएका थिए ।
दोश्रो साउथ एशियाली अन्तराष्ट्रिय आईटिएफ तेक्वन्दो प्रतियोगितामा उनी स्वर्ण पदक विजेता हुन् । उनीबाटै प्रशिक्षण पाएकी गुल्मीको सीमा खासुले २०६७ सालमा धनगढीमा आयोजित छैठौं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिइन् ।
युरोप पुगेका खरेलले भने–‘ म एउटा दुर्गम गाउँको मानिस विश्वस्तरको प्रतियोगितामा सहभागि हुन पाएकोमा हर्षविभोर भएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालका रेडियोग्राफर चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा मुद्दा दायर
-
हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो
-
नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब
-
सेबीका पूर्वप्रमुख माधवीविरुद्ध एफआईआर गर्न बम्बई उच्च अदालतले लगायो रोक
-
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति