यसकारण यी नायकले सलमानको छातीमा लात हान्न सकेनन्

प्रभुदेवाको निर्देशनमा बनिरहेको फिल्म ‘दबंग थ्री’ बाट सलमान खान र सोनाक्षी सिन्हा चुलबुल पाण्डे र रज्जोको रुपमा सात वर्षपछि पुनः एकसाथ देखिँदैछन् । यो फिल्ममा कन्नड नायक सुदिप भिलेनको रुपमा देखिनेछन् । केही दिन अघि उनले एक तस्बिर सेयर गरेका थिए जसमा उनी सलमानसँग फाइट गरिरहेको देखिएका थिए । त्यतिबेला यो तस्बिर निकै भाइरल पनि भएको थियो ।
एक अन्तर्वार्तामा उनले सलमानसँग आफ्नो दोस्तीबारे बताउँदै सलमानसँग दबंग थ्रीको फाइट सीनमाथि बोलेका छन् । उक्त अन्तर्वार्तामा उनले सलमानसँगको एउटा फाइटको दृश्य गर्न निकै समस्या भएको बताए । उनले भने, ‘एक फाइट सीनको क्रममा मैले सलमानको छातीमा किक हान्नु थियो जुन गर्न मलाई निकै समस्या भयो । म सलमानलाई यति सम्मान गर्छु कि उनको छातीमा लात हान्न सकिरहेको थिइनँ । तर सलमानले मलाई गाली गरे र आफूलाई किक हान्न भने । तर मैले गर्न सकिनँ त्यसकारण उक्त सीनलाई अर्कै तरिकाले सुटिङ गर्नुपर्यो । पछि मलाई थाहा भयो कि साउथमा मानिसहरु किन उनलाई किक हान्न सक्दैनन् ।’
सुदिपले उक्त अन्तर्वार्तामा आफूले सलमानसँग वर्कआउट पनि गरेको र सलमानले जनावरले झैं तालिम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वटा संसदीय समितिको बैठक बस्दै
-
सुनौलो इतिहास बोकेको कोलकाता र लयमा देखिएको गुजरातबिच सिजनको पहिलो भिडन्त
-
बेपत्ता र सत्यनिरुपण आयोगमा १० पदाधिकारीका लागि ११० जनाको निवेदन
-
दुई करोड लागतमा बनेको वृद्धाश्रम प्रयोगविहीन
-
महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशका लागि सिकाइ बन्यो : उपप्रमुख डंगोल
-
आन्दोलन नरोक्ने अडानमा शिक्षक, सातबुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदै मन्त्रालय