यसकारण यी नायकले सलमानको छातीमा लात हान्न सकेनन्
प्रभुदेवाको निर्देशनमा बनिरहेको फिल्म ‘दबंग थ्री’ बाट सलमान खान र सोनाक्षी सिन्हा चुलबुल पाण्डे र रज्जोको रुपमा सात वर्षपछि पुनः एकसाथ देखिँदैछन् । यो फिल्ममा कन्नड नायक सुदिप भिलेनको रुपमा देखिनेछन् । केही दिन अघि उनले एक तस्बिर सेयर गरेका थिए जसमा उनी सलमानसँग फाइट गरिरहेको देखिएका थिए । त्यतिबेला यो तस्बिर निकै भाइरल पनि भएको थियो ।
एक अन्तर्वार्तामा उनले सलमानसँग आफ्नो दोस्तीबारे बताउँदै सलमानसँग दबंग थ्रीको फाइट सीनमाथि बोलेका छन् । उक्त अन्तर्वार्तामा उनले सलमानसँगको एउटा फाइटको दृश्य गर्न निकै समस्या भएको बताए । उनले भने, ‘एक फाइट सीनको क्रममा मैले सलमानको छातीमा किक हान्नु थियो जुन गर्न मलाई निकै समस्या भयो । म सलमानलाई यति सम्मान गर्छु कि उनको छातीमा लात हान्न सकिरहेको थिइनँ । तर सलमानले मलाई गाली गरे र आफूलाई किक हान्न भने । तर मैले गर्न सकिनँ त्यसकारण उक्त सीनलाई अर्कै तरिकाले सुटिङ गर्नुपर्यो । पछि मलाई थाहा भयो कि साउथमा मानिसहरु किन उनलाई किक हान्न सक्दैनन् ।’
सुदिपले उक्त अन्तर्वार्तामा आफूले सलमानसँग वर्कआउट पनि गरेको र सलमानले जनावरले झैं तालिम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
न्यायाधीश मल्लको प्रश्न– टीआरसीले हेर्ने कि अदालतले ?
-
सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’