बौद्धबाट ८३ केजी रक्तचन्दन बरामद, २ जना पक्राउ
बिहीबार, १२ भदौ २०७६, १० : ५६
काठमाडौं । प्रहरीले प्रतिबन्धित रक्तचन्दनसहित बुधबार साँझ २ जनालाई बौद्धबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुगुका ६० वर्षीय खेम्बा लामा र २० वर्षीय नोर्बुम तामाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नगेन्द्र चन्दले खेम्बा र नोर्बुम पक्राउ गरेको पुष्टि गर्दै उनीहरुको साथबाट ८३ केजी रक्तचन्दन बरादद गरिएको जानकारी दिए ।
विशेष सुराकीको आधारमा प्रतिबन्धित रक्तचन्दनसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा रक्तचन्दनलाई प्रतिबन्ध लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ