शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यौन हिंसाको बात लागेका चर्चित तिब्बती बुद्धिस्ट गुरुको मृत्यु

बिहीबार, १२ भदौ २०७६, १० : ३५
बिहीबार, १२ भदौ २०७६

यौन हिंसाको बात लागेका तिब्बती बुद्धिस्ट गुरु सोग्याल लाकारको ७२ वर्षको उमेरमा मृत्यु भएको छ ।

सोग्याल रिन्पोचेको रुपमा परिचित लाकारले लेखेका किताबको लाखौं कपी बिक्रि भएकमा छन् । उनलाई दलाई लामापछिका सबैभन्दा चर्चित तिब्बती बुद्धिस्ट गुरुको रुपमा लिइन्छ ।

तर उनलाई विभिन्न यौन हिंसाका आरोपले पछ्याइरहे । यद्यपि, उनी कुनै पनि आरोपमा प्रमाणित भएनन् ।

तर अनुसन्धान समितिले उनले आफ्ना केही अनुयायीहरुलाई शोषण गरेको भनेर निष्कर्ष निकाल्यो ।

उनको फेसबुक पेजमा पोष्ट भएको एउटा वक्तव्यले लाकारको बुधबार थाइल्याण्डमा मृत्यु भएको जानकारी दिएको छ । उनी पेटको क्यान्सरबाट ग्रसित थिए ।

सन् १९४७ मा जन्मिएका लाकारलाई दलाई लामाका १३ औं गुरु तेर्तोन सोग्याल लेराब लिङ्गपाका अवतार मान्ने गरिन्थ्यो ।

उनले क्याम्ब्रिज युनिभर्सिटीमा कम्प्यारेटिभ रिलिजन पढे । उनको किताब ‘द टिबेटन बुक अफ लिभिङ एण्ड डायिङ’ को ३० लाख प्रति बिक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप