आलिया भट्टमाथि पाकिस्तानी अभिनेत्रीले लगाइन् चोरीको आरोप

पाकिस्तानी अभिनेत्री महविश हयातले बलिउडको आलोचना गर्दै अभिनेत्री आलिया भट्टमाथि चोरीको आरोप लगाएकी छिन् । उनले आलियाले भर्खरै रिलीज गरेको ‘पराडा’ बोलको गीत पाकिस्तानी गीत ‘गोरे रंग’ सँग मिल्दोजुल्दो भएको बताएकी हुन् ।
ट्विटरका थुप्रै प्रयोगकर्ताहरुले उक्त गीतको बारेमा थुप्रै विवादका कुरा गरेका थिए । हयातले बलिउडमाथि चोरीको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘यो धेरै नै अच्चम लाग्दो कुरा हो । बलिउडले सधैँ पाकिस्तानको बेइज्जत गर्छ । फेरि हाम्रो गीत पनि चोर्न छोड्दैन । कपिराइट उल्लंघन र रोयल्टी पेमेन्टसँग पनि उनीहरुलाई कुनै मतलब छैन ।’
हयातले ट्विटरमा लेख्दै भनेकी छिन्, ‘अब त अति नै भइसक्यो । के हामी अब जाग्न सक्छौँ रु बलिउडको एजेन्डा के हो ? कोही यिनीहरुलाई किन रोक्न सक्दैन ।’
उनले प्रधानमन्त्री मोदीले पनि बलिउडका कलाकारलाई पाकिस्तानको विरुद्ध हतियारको रुपमा प्रयोग गरिरहेको आरोप लगाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची