बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

के अफगानिस्तानको १८ वर्ष पुरानो युद्ध समाप्त होला ?

बिहीबार, १२ भदौ २०७६, ०८ : २७
बिहीबार, १२ भदौ २०७६

दाउद आजमी बीबीसी

अफगानिस्तान तालिबानले कतारमा अमेरिकासँग चलिरहेको कुराकानी अन्तिम चरणमा पुगेको र चाँडै नै सकारात्मक नतिजा सार्वजनिक हुनसक्ने बताएको छ ।

यदि अमेरिका र तालिबानबीच शान्ति वार्ता सफल भए अफगानिस्तानमा १८ वर्षदेखि चलिरहेको अस्थिरता समाप्त हुने सम्भावना अत्यधिक छ ।

यो अफगान शान्ति वार्ताको पहिलो चरण हो र यसको दोस्रो चरण पनि सुरु हुनेछ ।

यसको नतिजा यो हुनेछ कि अमेरिकी सुरक्षा बलले अफगानिस्तानबाट निस्कने आफ्नो योजना अगाडि राख्नेछ । दुई पक्ष मिलेर अमेरिकी सेना त्यहाँबाट कहिले फिर्ता हुने भनेर निर्णय गर्नेछन् ।

यसबाहेक तालिबानले अफगानिस्तानले भविष्यमा अन्य देशका लागि खतरा पैदा नगर्ने र अलकायदा जस्ता चरमपन्थी गुटसँग सम्बन्ध स्थापित नगर्ने प्रत्यायभूती दिनेछ ।

यी दुई बिन्दुमाथि पछिल्लो एक वर्षदेखि तालिबान र अमेरिका बीच शान्ति वार्ता चलिरहेको छ र अब कुराकानीको नवौं राउन्ड चलिरहेको छ । आशा छ कि यी दुई मामलामा केही दिनभित्र एउटा सम्झौता हुनेछ ।

त्यसपछि तालिबान र अन्य अफगान सँगै बस्नेछन् र अफगान शान्ति वार्ताको दोस्रो चरण सुरु हुनेछ ।

दोस्रो चरणको कुराकानीमा अफगान सरकार पनि समावेश हुनेछ । एक समूह तालिबानकामे हुनेछ र दोस्रो समूह काबुलबाट आउनेछ । काबुलको समूहमा वर्तमान सरकारको सदस्यबाहेक सिभिल सोसाइटी र राजनीतिक दलका प्रतिनिधी पनि हुनेछन् । यो एक किसिमको समावेशी प्रतिनिधिमण्डल हुनेछ ।

यी दुई पक्षबीचको कुराकानीमा  कति समय लाग्छ भनेर  अहिले स्पष्ट हुन सकेको छैन । यो एक मुश्किल मामला हुनेछ किनभने यी दुई पक्षले अफगानिस्तानको भविष्यको सिस्टम कुन प्रकारको हुनेछ, चुनावको केही भूमिका हुन्छ वा हुँदैन भन्ने विषयमा कुरा हुनेछ । यसका साथै, महिलाको हक, मिडियाको स्वतन्त्रता र अन्य नाथरिकको स्वतन्त्रताबारे निर्णय लिइनेछ ।

दोस्रो भ्रमणको कुराकानीम अमेरिकाको भूमिका त्यति महत्वपूर्ण हुनेछैन किनभने ऊ प्रेक्षकको भूमिकामा मात्र रहनेछ ।

पछिल्लो १८ वर्षमा अफगानिस्तानको समस्या कुराकानीमार्फत् सुल्झाइने सकिने भनेर पहिलो पटक निष्कर्ष निस्एिको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप