पञ्चदान पर्व मनाइयो (फोटोफिचर)
![पञ्चदान पर्व मनाइयो (फोटोफिचर)](https://rpcdn.ratopati.com/media/albums/p5_vuP5WXxlml.jpg)
काठमाडौं– आज काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा पञ्चदान पर्व मनाइएको छ । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीको दिनमा मनाइन्छ । काठमाडौं लगायत भक्तपुर, थिमि, बनेपा, साँखु, पनौती लगायतका स्थानमा यस पर्व मनाउने गरिन्छ।
भक्तपुरमा यस पर्वलाई मनाइएको छ। यो पर्वलाई दान दिवसको रुपमा समेत लिने गरिन्छ। पाँच प्रकारको अन्नलाई दान गरिने हुँदा यस पर्वलाई पञ्चदान (पञ्ज्राँ) भन्ने गरिएको बताइन्छ। यो दान पाँचवटा बुद्धलाई गरिने दान हुँदा पनि पञ्चदान (पञ्ज्राँ) भनिएको हो भनेर पनि कतै–कतै भन्ने गरिन्छ। पाँच प्रकारका बस्तुमा अन्न (चामल, धान, गँहु , जौ आदि), गेडागुडी , फलफूल , सख्खर पानी (सर्बत) र औषधी पर्दछन् ।
आज बौद्ध धर्मावलम्बीहरुले द्यःब्वया पञ्जराँ जा अर्थात खीर पकाउने गर्दछन्। तसर्थ आजको दिनलाई खीर खाने दिनको पनि लिने गरिन्छ। आज यहाँका पाँचवटा विहारहरुमा स्थापित पाँच दीपंकर बुद्धलाई नगर परिक्रमा गराएर त्यसको पछिपछि दान लिने गृहस्थ भिक्षुहरु आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह