मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीले लगायो ‘ह्विल लक'
बुधबार, ११ भदौ २०७६, १८ : ३८

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरेको छ। मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडीमा नयाँ बानेश्वरमा बुधबार अनधिकृत रुपमा गाडी पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको हो।
नो पार्किङ एरियामा पार्किङ गरी राखिएकाले कारबाही गरिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ । यसअघि गत असार ११ गते अनाधिकृत रुपमा पार्किङ गरिएको गृह प्रवक्ताको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक थियो ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीको बा २ झ ४३८८ नम्बरको गाडीमा सिँहदरबार नजिकै ट्राफिक प्रहरीले ह्विल लक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योग मन्त्री
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
-
भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव
-
दुई सातापछि पक्राउ परे दुर्गा प्रसाईँ, १२ दिन हिरासत राख्न अनुमति