शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी अभियोगमा पक्राउ

बुधबार, ११ भदौ २०७६, १८ : ०१
बुधबार, ११ भदौ २०७६

काठमाडौं– तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गंगा गाउँपालिका वडानम्बर ३ घर भई काठमाडौं जोरपाटी बस्ने हर्कबहादुर तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका ६ बस्ने व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाइदिने र मासिक १ हजार २ सय डलर तलब र खान बस्न समेत दिने भन्दै प्रलोभन देखाई नक्कली टिकट समेत बनाई ३ लाख रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएका थिए ।

पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जोरपाटी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

 प्रारम्भिक अनुसन्धानका क्रममा उनले अन्य ४ जना व्यक्तिबाट समेत जनही ३ लाख रुपैयाँ दरले रकम लिई ठगी गरेको खुल्न आएको सो महाशाखाले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप