सिंगापुरमा कसरी भैरहेको छ प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार ?
बुधबार, ११ भदौ २०७६, १७ : २६
![सिंगापुरमा कसरी भैरहेको छ प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार ?](https://rpcdn.ratopati.com/media/albums/oli-cover_8T3w3RFQKf.jpg)
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको जनाइएको छ।
सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको उपचारमा यो प्रक्रिया अर्को सातासम्ममा पुरा हुने उनको निजी सचिवालयले जनाएको छ ।
ओलीको उपचारमा संलग्न नीजि चिकित्सक प्रा.डा. दिव्या सिंह शाह आज स्वदेश फर्किएकी छिन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा रहेको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिंगापुर गएका ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ