प्रधानन्यायधीश र न्यायाधीशको तलब बढ्यो, न्यायलयमा कसले कति पाउँछन् ? (सूचीसहित)

काठमाडौं–सरकारले न्यायालयका कर्मचारीको तलब तोकेको छ । नेपाल सरकारको भदौ ४ गतेको निर्णय अनुसार प्रधानन्यायाधीश र न्यायाधीशको तलब तोकेको हो ।
प्रधानन्यायाधीश, महान्यायाधिवक्ता, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसदका महासचिव तथा सचिव र राष्ट्रिय सुचना आयोगका पदाधिकारीका लागि साउन १ गतेदेखि नयाँ तलब लागू गरिएको अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।
प्रधानन्यायाधीशको तलब मासिक ८६ हजार ९ सय ५० तोकिएको छ भने न्यायाधीशको ७१ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ । महान्यायधिवक्ता र न्यायपरिषदका सदस्यहरुको पनि ७१ हजार ९ सय ५० रुपैयाँ छ ।
यता संवैधानिक निकायको प्रमुख पदाधिकारीको ६८ हजार १ सय ८० रुपैयाँ छ भने पदाधिकारीको ६४ हजार ४ सय २० रपैयाँ तोकिएको छ । उच्च अदालतको मूखय न्यायाधीशको ६८ हजा १ सय ८० रुपैयाँ छ भने उच्च अदालतका न्यायाधीशको ६४ हजार ४ सय २० रुपैयाँ छ । जिल्ला न्यायाधीशको भने ५४ हजार ४ सय ३० रुपैयाँ छ ।
राष्ट्रिय सुचना आयोगका प्रमुख सूचना आयूक्तको ६८ हजार १ सय ८० रुपैयाँ छ भने सुचना आयुक्तको ६४ हजार ४ सय २० रुपैयाँ छ । यस्तै संघिय संसदको महासचिवको ६५ हजार १ सय ४० रुपैयाँ छ भने सचिवको ६० हजार ६ सय ८० रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य
-
चर्चित ब्राजिलियन खेलाडी कार्लोस एनएसएल हेर्न दशरथ रंगशालामा (तस्बिरहरु)
-
तार्केश्वरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
-
कविता : फर्किनुस् शिक्षकहरू, गोडाहरू कति दुखाउनुहुन्छ तातो कालोपत्रे पेटीमा ?