मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नाडा अटो शो २०१९ : यस्तो छ ‘महिन्द्रा एक्सयूभी–३००’

बुधबार, ११ भदौ २०७६, १५ : ४३
बुधबार, ११ भदौ २०७६

काठमाडौं । नेपालमा उपलब्ध सवारी साधन ब्राण्डहरु मध्यको एक उत्कृष्ट ब्राण्ड हो महिन्दा । भारतीय ब्राण्ड महिन्द्राको उत्पादन विश्व बजारमा परिचित छ । जुन नेपाली बजारमा समेत निकै लोकप्रिय मानिन्छ । बजारमा महिन्द्राको दुई पाङ्ग्रे देखि प्यासेन्जर सेग्मेन्ट र कमर्सियल सेग्मेन्टका गाडीहरु समेत उपलब्ध छन् ।

नेपालका लागि महिन्द्राको आधिकारिक वितरक महिन्दा एण्ड महिन्द्राले बजारमा महिन्द्रा ब्राण्डका सवारी साधनको कारोबार गरिरहेको छ ।

यस वर्ष नाडा अटो शोमा महिन्द्राले एसयूभी सेग्मेन्टका दुई वटा कार प्रदर्शन गरी रहेको छ । महिन्द्रा एसयूभी–३०० र मराजोलाई कम्पनीले नाडा अटो सो विशेष कारको रुपमा प्रदर्शन गरेको हो ।

मेलामा दुई वटा कार प्रदर्शन गरिए पनि मुख्य गरी महिन्द्रा एक्सयुभी डवल ओ नै मेलाको प्रमुख आकर्षण बनेको कम्पनीले बताएको छ । त्यसोत भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै यस कारले आफ्नो अलगै पहिचान बनाउन सफल भएको थियो । एक्सयूभी–३०० नेपाली बजारमा समेत निकै प्रतिक्षा गरिएको मोडल पनि हो ।

महिन्द्राले अहिलेसम्मकै उत्कृष्ट ७ एयर ब्यागको सुविधामा एक्सयूभी–३०० लाई बजारमा उतारेको छ । महिन्द्राले नयाँ प्लाटर्फम ‘एस–१००’ को अवधारणा एक्सयूभी–३०० उत्पादन गरेको हो । यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् ।

एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ । सात वटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–हृवील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक फिचर्सहरुले एक्सयूभी–३०० विशेष बनेको छ ।

एसयूभी–३०० १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ ।

एक्सयुभी–३०० को बजार मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि ३९ लाख ७५ हजार र डिजेल डब्लू फोर वर्गका लागि ४१ लाख २५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप