पाकिस्तानले आफ्नो भूभाग अतिक्रमण गरेको भन्दै संयुक्त राष्ट्र सघंलाई अफगानिस्तानको पत्र
एजेन्सी । अफगानिस्तानले आफ्नो भूभागमाथि पाकिस्तानले अतिक्रमण गरेको भन्दै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई चिठ्ठी लेखेको छ ।
संयुक्त राष्ट्र संघका लागि अफगानिस्तानकी राजदुत तथा स्थायी प्रतिनिधि एडेला राजले यस विषयमा परिषदलाई पत्र लेखेकी हुन् ।
एडेलाले यस सम्बन्धमा कदम चाल्नको लागि अफगानिस्तानलाई आग्रह गरेकी छिन् ।
पत्रमा पाकिस्तानले कसरी अफगानिस्तानको भू–भागमाथि अतिक्रमण गरियो पनि उल्लेख गरिएको छ । पत्रमा पाकिस्तानले अफगानीस्तानको पूर्वी क्षेत्रमा बमगोला प्रहार गर्ने, अफगान भूगोलभित्र सैन्य पोष्ट तथा अवरोधको निर्माण गर्ने र अफगान हवाइ क्षेत्रको उलंघन गर्ने कार्य गरेको उल्लेख छ ।
पाकिस्तान सैन्य फौजले अगष्ट १९ र २० मा मात्रैे अफगानिस्तानको कुनर प्रान्तको शेल्टर जिल्लामा २ सय वटा रकेट प्रहार गरिएको सुरक्षा परिषदलाई अवगत गराएको छ ।
आक्रमणले आवासीय धनमाल र स्थानीय जनसंख्या विस्थापन भएको अफगानिस्तानले बताएको छ ।
यसबारे पाकिस्तानलाई द्विपक्षीय र अन्य माध्यबाट अफगानिस्तानले कयैन पटक जानकारी गराइएको तर त्यसका बावजुद पाकिस्तानी सेनाले अतिक्रमणलाई निरन्तरता दिएको आरोप लगाइएको छ ।
अफगानिस्तानको सरकारले सोही पत्रमार्फत सुरक्षा परिषदलाई उलंघनको अन्त्य गराउन आवश्यक कदम उठाउन आग्रह गरेको छ ।
अगस्ट २२ को मितीमा लेखिएको पत्रमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदकी अध्यक्ष जोयना रोनेक्कालाई बोधार्थ गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण