विद्युत प्राधिकरण अब स्मार्ट मिटरमा : कार्यालयबाटै घरको मिटर रिडिङ !
ग्राहकको घर घर गएर विद्युत मिटर हेर्ने कामलाई हटाउने तयारी स्वरुप नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर राख्न सुरु गरेको छ । परिक्षणका रुपमा ८ हजार ४ सय स्मार्ट मिटर जडान गर्ने योजना अनुरुप प्राधिकरणले ठूला ग्राहकहरु अर्थात् औद्योगिक प्रतिष्ठानमा ८ हजार स्मार्ट मिटर जडान गरी सकेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
३ फेजको विद्युत लाइन भएका ७० हजार ग्राहकको पुरानो मिटर परिवर्तन गरी नयाँ स्मार्ट मिटर जडान गर्ने प्राधिकरणले योजना बनाएर काम थालेको हो । प्राधिकरणले काठमाडौं, हेटौँडा, जनकपुर, बुटवल, पोखरा, बिराटनगर लगायतका औधोगिक क्षेत्रमा पूरानो प्रणालीको मिटरलाई विस्थावित गरी स्मार्ट मिटर जडान गरिएको हो ।
अत्याधुनिक सञ्चार प्रणालीमाफर्त कार्यालयबाटै ग्राहकको घरको विद्युत प्रयोगको अनुगमन, नियन्त्रण र व्यवस्थापन गर्ने काम थालिएको छ । यसबारे अध्ययनका लागि केही प्राविधिक कर्मचारी चीन गएका छन् ।
सिंगल फेज मिटरतर्फ इलेक्ट्रोनिक मिटरहरु खरिद गरी हालसम्म जडान भएका सामान्य इनर्जी मिटरहरुलाई विस्थापित गर्ने कार्य अघि बढाइएको हो । रत्नपार्क महाराजगञ्ज वितरण केन्द्र अन्र्तगत रहेका करिब ९० हजार ग्राहकलाई लक्षित गरी वितरण प्रणाली भूमिगत गर्ने र स्मार्ट मिटर जडान गर्ने काम ठेक्काप्रणाली मार्फत अघि बढाइएको प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए । यसका लागि साढे २ बर्षका लागि ठेक्का दिइएको हो ।
कस्तो हुन्छ स्मार्ट मिटर ?
नयाँ प्रविधिमा आधारित यस्तो विद्युत मिटरमा उठेको विद्युत युनिट प्राधिकरणले कार्यालयमै बसेर हेर्न सक्छ भने ग्राहकको घर घरमा गएर मिटर हेर्नुनपर्ने हुन्छ ।
यसमा मोबाइल एपमार्फत नै घरमा कति विद्युत खपत भइरहेको छ कति युनिट उठेको छ हेर्न सकिने व्यवस्था हुन्छ । उपभोत्ताले विद्युत खपतको मोबाइल फोनबाट नै निगरानी राख्न सक्ने व्यवस्था हुन्छ भने मासिक कति विद्युत खपत गर्ने भन्ने योजना बनाएर विद्युत प्रयोग गर्न सक्छन् । उठेको युनिटका साथै त्यसको महशुल रकम पनि मिटरमा हेर्न सकिन्छ ।
विद्युत प्राधिकरणलाई विद्युत चुहावट नियन्त्रण गर्नका लागि पनि यस्तो प्रकारको मिटर उपयोगी हुन्छ । साथै स्मार्ट मिटर आएपछि मिटर रिडर कटौती हुनुका साथै त्यसमा लाग्ने खर्च समेत बचत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु
-
रेडियोकर्मी भण्डारीलाई ‘गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान’
-
पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित
-
‘जनै हराएको बाहुन’को छायांकन चैतमा
-
साइराजको गीतमा अञ्जना र सुरेन्द्रको प्रेम वियोग
-
‘तमसोमा ज्योतिर्गमय’ नै देवी सरस्वतीको अर्चना