शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

११ हजार भोल्टेजको लाइन पड्किएपछि सिंहदरबार अँध्यारो

बुधबार, ११ भदौ २०७६, १४ : ०७
बुधबार, ११ भदौ २०७६

काठमाडौं– मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा विद्युत अवरुद्ध भएपछि कामकाज ठप्प भएको छ । दिउँसो १२ बजेतिर सिंहदरबारको पूर्वी गेट छेउ र उर्जा मन्त्रालयको छेउमा ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको नेपाल विद्युत प्राधिकरण रत्नपार्क नो लाइटका एक कर्मचारीले जानकारी दिए ।

अहिले प्राधिकरणका कर्मचारीले विद्युत लाइन मर्मत गर्न थालेका छन् । दिउँसो ३ बजेसम्म विद्युत सेवा सुचारु हुने उनले बताएका छन् ।  विद्युत अवरुद्ध भएपछि कम्प्युटर तथा इन्टरनेटमा आधारित भएर गर्नुपर्ने काममा बाधा पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप