शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं–निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब

बुधबार, ११ भदौ २०७६, १४ : ००
बुधबार, ११ भदौ २०७६

काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब हुने भएको छ । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गर्दै द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब लाग्ने जानकारी दिएको हो । 

एसियाली विकास बैंक (एडीबी)को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइन अनुसार मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख शरदलाल श्रेष्ठले जानकारी दिएका हुन् । 

७२.५ किलोमिटरको द्रुतमार्ग निर्माणका लागि करबाहेक १ खर्ब ५५ अर्ब लाग्नेछ ।

यस्तै द्रुतमार्गको प्रस्थानबिन्दु खोकना नै रहेको सेनाले जनाएको छ । डिपिआर अनुसार खोकना क्षेत्र र महादेवटार–लेनडाँडा गरी दुई ठाउँमा रेखाङ्कन परिवर्तन गरेको श्रेष्ठले बताए । 

७२.५ किलोमिटर लामो सडकको प्रस्थानबिन्दु खोकना हुनेछ भने अन्तिम विन्दु निजगढ रहनेछ । यसअघि द्रुतमार्गको लम्बाइ ७६.२ किमि प्रस्ताव गरिएको थियो ।

सडक ४ लेनको हुने नेपाली सेनाले जनाएको छ । पहाडी क्षेत्रमा सडकको चौडाइ २५ मिटर र समथर क्षेत्रमा २७ मिटर रहने छ । 

नेपाली सेनाका अनुसार हालको तुलनामा यात्रा समय छोटिने र इन्धन खपत र ढुवानी खर्च समेत उल्लेख मात्रामा घट्ने छ । 

द्रुतमार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काट्नुपर्ने अनुमान गरिएको छ । दु्रतमार्गको सम्पूर्ण कामको ८५ प्रतिशत काम सम्पन्न भएको समेत सेनाले बताएको छ ।

सडकको मार्गाधिकार भित्रै खानेपानी, अप्टिकल फाइबर, पेट्रोलियम पाईप लाइन, विद्युत प्रसारण लाईनजस्ता अन्य पूर्वाधार विकासको जडान गरिने नेपाली सेनाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप