शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२७ वर्षे युवतीले ८३ वर्षीय हजुरबुवासँग विवाह गरिन्ः पहिलो नजरमै माया बसेको बताइन्

बुधबार, ११ भदौ २०७६, १३ : ३०
बुधबार, ११ भदौ २०७६

इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानको २७ वर्षीया युवतीसँगको विवाह केही हप्तादेखि अत्यधिक चर्चामा छ । यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिएपनि ती युवतीले आफ्ना नयाँ श्रीमानसँग पहिलो नजरमा नै प्रेम बसेको दाबी गरेकी छिन् ।

अडिटी सेन्ट्रलका अनुसार २७ वर्षे नुराइनीले ८३ वर्षे सुदिर्गोलाई जुलाईमा भेटेकी हुन् । उनी उनको आमाबुवासहित सुदिर्गोसँग झारफुक गर्न गएकी थिइन् । त्यो पहिलो भेटमा नै आफू सुदिर्गोको प्रेममा परेको उनले बताइन् । उनले त्यो भेटपछि पनि ८ जनाका हजुरबुवालाई बहाना बनाएर पटक–पटक भेट्न गएको बताइन् । ८३ वर्षे सुदिर्गोले भने आफूहरुबीचको उमेर भिन्नताका कारण नै रोमान्टिक सम्बन्ध असम्भव ठानेको बताए ।

विवाह गर्नका लागि उनीहरुलाई परिवारको समर्थन चाहिन्थ्यो ।   नुराइनीले सोचेभन्दा सजिलै परिवारको समर्थन पाइन् । सुदिर्गोका सन्तानमध्येका जेठो छोरा (जो उनका बुवाको उमेरका छन्) लाई मनाउन अलि गाह्रो भयो । २७ वर्षेले आफ्नै उमेरकोसँग किन विवाह गरिनन् ? उनीहरु जान्न चाहन्थे ।

‘हो, साँच्चै नै मेरा श्रीमानका सन्तानले मलाई मेरै उमेरका पार्टनर किन नछानेको भनेर धेरैपटक प्रश्न गरे, तर मलाई मेरै हजुरबुवाको माया लाग्छ,’ नुराइनीले ट्रिबन जातेङ्गलाई भनिन् ।

तार्ती, सर्दिगोकी छोरीले पत्रकारसँगको कुराकानीमा नुराइनीलाई आफ्नै उमेरको पार्टनर खोज्न पटकपटक आग्रह गरेको बताइन । सुर्दिगोको जीवन संगिनी बन्ने उनको अभिलाषा देखेर उनीहरुले यो जोडीलाई आशिर्वाद दिएको बताइन् ।

नुराइनी र सर्दिगोले अगस्ट १८ तारिखमा विवाह गरेका हुन् । यो युवतीको दोस्रो विवाह थियो भने सर्दिगोको चौथो । उनीहरुबीच ५६ वर्षको उमेर भिन्नताबारे विवादका बीच सर्दिगोका सन्तानले उनकी नयाँ सौतेनी आमाले आफ्नो बुवालाई साँच्चै नै माया गर्ने गरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप