पाल्पामा पढ्दा पढ्दै ८ जना विद्यार्थी बेहोस, एक जनाको मृत्यु

बुटवल– पाल्पाको एक विद्यालयमा अनौठो प्रकारको बिमारले एक किशोरीको मृत्यु भएको छ । रम्भादेवी गाउँपालिकास्थित रम्भा माध्यामिक विद्यालय कक्षा १० की १६ वर्षीया छात्रा कमला फालाको मृत्यु भएको हो । अन्य ८ जना विद्याथीहरु कक्षाकोठामा पढ्दापढ्दै रुँदै र बेहोस हुँदै ढलेका छन् भने दुई किशारीहरु गम्भीर अवस्थामा रहेका छन् ।
‘एक जना किशोर र ७ जना किशोरीहरु ट्युशन पढ्ने क्रममा रुँदै र बेहोस हुँदै ढलेका रहेछन्’ पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले भने । कमलाको उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउने क्रममा मृत्यु भएको हो ।
जिसीका अनुसार सो रोगबाट प्रभावित सबै विद्यार्थी कक्षा १० का हुन् । छात्र रोशन थापा र छात्रा बुद्धिसरा गाहको अवस्था गम्भीर रहेको छ । विद्यालयले बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा सञ्चालन गर्दै आएको प्रधानध्यापक तुल्सी अर्यालले बताए । पाल्पाबाट डाक्टरको टोली अनुसन्धानका लागि त्यसतर्फ जाने तयारी भैरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु
-
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक : के-के गर्यो निर्णय ?
-
नेपाल–भारतको सम्बन्ध पुरानो पुस्ता जस्तो रहेन : पूर्वराजदूत बराल
-
किन मनाइन्छ ‘वर्ल्ड हेल्थ डे’ ?
-
अनुहारमा फिटकिरी लगाउँदा के हुन्छ ?
-
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण