बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शो २०१९ : यस्तो छ सङ्गयोङ्गको मुस्सो (भिडियो)

बुधबार, ११ भदौ २०७६, ११ : ४३
बुधबार, ११ भदौ २०७६

काठमाडौं । राजधानिमा वृहत अटो मेला ‘नाडा अटो सो २०१९’ चलिरहेको छ । मंगलबारदेखि काठमाडौँको भृकुटी मण्डपमा सञ्चालित प्रदर्शनीमा अटो व्यवसायीहरुले कोभन्दा को कमको प्रतिस्पर्धामा आफ्ना ब्राण्ड तथा गाडीहरु उतारिहेका छन् ।

यस्तैमा कोरियन ब्राण्ड सङ्गयोङ्ग पनि नाडामा नयाँ गाडी लिएर प्रदर्शनमा उत्रिएको छ । सङ्गयोङ्गका लागि नेपालको आधिकारीक वितरक आईएमएस मोटर्सले एसयुभी सेग्मेन्टको नयाँ मोडल एसयुटी मुस्सोलाई नाडाको मुख्य प्रदर्शन बनाएको हो ।

सङ्गयोङ्गको मुस्सो कोरियामा उत्पादन गरिएको गाडी हो । यसमा २ हजार दुई सय सीसी इन्जिन क्षमतामा रहेको छ । चार सिलिन्डरमा उपलब्ध मुस्सोले ४ हजार आरपीएममा एक सय ८१ पीएसको अधिकतम पावर दिन्छ भने, एक हजार ४ सय देखि दुई हजार ८ सय आरपीएममा अधिकतम ४ सयको टक्र्यु उत्सर्जन गर्दछ । कार छ गियर स्पिड म्यानुअल ट्रान्सिमिसनमा उपलब्ध छ ।


फोर ह्वील ड्राईभमा उत्पादन गरिएको मुस्सोको ग्राउण्ड क्लियरेन्स २२० एमएम रहेको छ ।

मुस्साको नेपाली बजार मूल्य ७५ लाख ९९ हजार रहेपनि नजिकिदै गरेको दशैंतिहार र नाडा अटो सोको अवसरमा ग्राहकहरुलाई छुट दिँदै ७३ लाख ९९ हजारमै उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

साथै विशेष अफरमा सङ्गयोङ्गको जुन कुनै गाडीको खरिदमा ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ्ग सेवा, एक वर्षको रोड ट्याक्स र ३ वर्ष वा १६ हजार किलोमिटरको वारेन्टी प्रदान गरिने कम्पनीले बताएको छ ।

बाँकी भिडियोमार्फत् हेर्नुहोस् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप