शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्याक्सीको किस्ता तिर्नुथियो, ड्राइभरले मोडलको हत्या गरिदिए

बुधबार, ११ भदौ २०७६, १० : ५८
बुधबार, ११ भदौ २०७६

एक ट्याक्सी ड्राइभरले पैसाको लागि एक युवतीको हत्या गरेका छन् । किनभने उनलाई ट्याक्सीको किस्ता तिर्नुपर्दथ्यो । घटना बेंगलुरुको हो । तीन हप्ता अघि ३२ वर्षीया मोडल एवं इभेन्ट म्यानेजरले उनको हत्या गरेका थिए । २२ वर्षका ट्याक्सी ड्राइभर नागेशले उनको हत्या गरेका थिए ।  

द न्यू इन्डियन एक्सप्रेसमा छापिएको एक खबर अनुसार पूजा कोलकातामा बस्थिन् । उनी मोडलिङका साथै फ्रिलान्सिङ इभेन्टकी म्यानेजर थिइन् । उनी ३० जुलाईमा कुनै कार्यक्रमका लागि बेंगलुरु आएकी थिइन् । ३१ वर्षीया उनलाई आफ्नो घर अर्थात् कोलकाता फर्कनु थियो । पूजाले ३० जुलाई दिउँसो एक होटलमा जानका लागि नागेशको ट्याक्सी बुक गरेकी थिइन् । साथै, नागेशलाई दोस्रो दिन अर्थात्, ३१ जुलाईमा करिब चार बजे एयरपोर्ट पुर्याउन जान्छौ  भनेर पनि सोधिन् । कुरा १२ सय भारुमा मिल्यो ।

नागेशलाई लाग्यो कि महिला पैसावाल हुन् । उनलाई लुटिएको खण्डमा ट्याक्सीको किस्ता तिर्न पुग्छ । उनी तयार भए र दोस्रो दिन अर्थात् ३१ जुलाईमा नागेशले पूजालाई लिन गए ।

पूजा गाडीमा निदाइन् । जब नागेशले उनी सुतिरहेको देखे तब गाडीलाई सुनसान ठाउँतर्फ मोडे । र उनको टाउकोमा ज्याक रडले हमला गरे । पूजा बेहोस भइन् । नागेश सामान चोरी गरेर भाग्न थाले । तर यसैबीच पूजालाई होस आयो । उनी चिच्याउन थालिन् । नागेश डराए । पूजाले भाग्ने कोसिस गर्दा नागेशले उनलाई पछाडिबाट हमला गरे । र पछि निकै विभत्स तरिकाले हत्या गरिदिए ।

पुलिसका अनुसार पूजाको शरीर बेंगलुरुको केम्पेगोडा इन्टरनेशनल एयरपोर्ट नजिकै फिल्डमा भेटिएको थियो । त्यहाँको एक स्थानीयले यसको जानकारी दिएका थिए । पूजाको अनुहार चिन्नै नसकिने भएकाले उनले लगाएको लुगाबाट अनुसन्धान सुरु गरियो ।

उनले पछिल्लो दुई वर्षमा शपिङ मल र अनलाइनबाट जुन ब्रान्डको कपडा खरिद गरेकी थिइन्, त्यसको सूची मगाइयो । त्यसपछि मात्रै पूजा स्थानीय नभएको पत्ता लाग्यो । उनी बंगालकी हुन् । मामलाको अनुसन्धान गर्नका लागि दुई समूह बनाइयो र उनलाई पश्चिम बंगाल पठाइयो ।

डेकन हेराल्डमा छापिएको खबर अनुसार कोलकाताको न्यू टाउन पुलिस स्टेशनमा पूजा हराएको रिपोर्ट दर्ता गरिएको थियो जो उनका श्रीमान् सुदिपले दर्ता गराएका थिए । पुलिसले उनलाई भेटे । सुदिपका अनुसार ३१ जुलाईदेखि पूजाको फोन स्विच अफ छ ।

उनले पूजालाई थुप्रै पटक मेसेज पनि गरेका थिए जसको जवाफ दुई दिनपछि आयो । मेसेजमा लेखिएको थियो कि पूजा हैदराबादमा छिन्, केही इमर्जेन्सी छ र पैसाको आवश्यकता छ ।

मेसेज अंग्रेजीमा लेखिएको थियो र जसरी लेखिएको थियो त्यो हेरेपछि सुदिपलाई शंका भयो । सुदिपका अनुसार नागेशले उनीसँग पाँच लाख भारुको पनि माग गरेका थिए । तर सुदिपले दिन अस्विकार गरे र पुलिसको सहयोग लिए ।

अनुसन्धानमा पुलिसलाई नागेशबारे थाहा भयो । पूजाले उनकै ट्याक्सी प्रयोग गरेको पनि थाहा भयो किनभने उनले ३० जुलाईमा पनि ट्याक्सी प्रयोग गरेका थिए ।

लोकेशन ट्रेस गरेपछि नागेशलाई पुलिसले पक्राउ गर्‍यो ।

रिपोर्टका अनुसार नागेश कर्नाटकका हुन् । उनी आफ्नो परिवारसँग बेंगलुरुमा बसिरहेका थिए । जब पुलिसले उनको घरको अनुसन्धान गर्न पुगेका थिए तब उनको परिवार हैरान भएका थिए । पुलिसले नागेशलाई ट्याक्सी स्ट्यान्ड नजिकैबाट पक्राउ गरेको थियो ।

नागेशले पुलिससँगको सोधपुछमा उनले ऋणमार्फत् ट्याक्सी लिएको र त्यसको दुई किस्ता तिर्नका लागि पैसा चाहिएको थियो त्यसकारण पूजाको हत्या गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप