बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर यातायात कार्यालयमा कर्मचारीको मिलेमतोमा लाइसेन्स, २ दलाल पक्राउ

बुधबार, ११ भदौ २०७६, १० : २४
बुधबार, ११ भदौ २०७६

जनकपुर । जनकपुर यातायात व्यवस्था कार्यालयमा कर्मचारीको मिलेमतोमा लाइसेन्स बनाइदिने दुई जना दलाल प्रहरी फन्दामा परेको छ ।

कर्मचारीको मिलोमतोमा सेवाग्राहीसँग मोटो रकम लिएर लाइसेन्स बनाइदिने बताउने दुईजना दलाल पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका–११ बस्ने २५ वर्षका जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने २८ वर्षका पंकज कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित ज्ञानकुप विद्यालयको प्राङ्गणमा मोटरसाइकल लाइसेन्सको लागि ट्रायल परीक्षामा पास गराइदिने भन्दै धनुषाको मिथिला नगरपालिका–६ बस्ने देवेन्द्रप्रसाद यादवसँग ५ हजार र धनुषाको सबैला नगरपालिका–१० बस्ने अरुणकुमार पंजियारसँग ७ हजार रुपैयाँ ठगी गरेको उजुरीको आधारमा दलालको काम गर्दै आएका जितेन्द्रलाई पक्राउ गरेको जिप्रका धनुषाले बताएको छ ।

जितेन्द्रको साथबाट ४० हजार रुपैयाँ नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजात समेत बरामद गरेर ठगी मुद्दा चलाएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

जितेन्द्रले १० जनाको सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने पंकजकुमार सिंहलाई १ लाख ५१ हजार रुपैयाँको एनआईसी बैंकको चेक दिएकाले उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको उनले जनाए ।

पछिल्लो समय प्रदेश नम्बर २ को सरकार मारहत आएपछी जनकपुर यातायात व्यवस्था कार्यालयमा बिचौलिया र कर्मचारीको सेटिङ्गमा पैसा लिएर लाइसेन्स बनाइदिने धन्दा उल्लेख्यरुपमा मौलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप