शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेजन आगलागी : ब्राजिलद्वारा जी–७ देशको २२ मिलियन डलर सहयोग अस्वीकार

बुधबार, ११ भदौ २०७६, १० : ००
बुधबार, ११ भदौ २०७६

ब्राजिल । फ्रान्समा आयोजित जी–७ सम्मेलनमा ब्राजिलको अमेजन जङ्गलमा लागेको आगो नियन्त्रण गर्न कूल २२ मिलियन डलर राशी दिने सहमति बनेको थियो । तर, ब्राजिलले भने यो सहायता राशी लिन अस्वीकार गरेको छ ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोका चीफ अफ स्टाफ ओनिक्स लोरोन्जोनीले सोमबार यसको जानकारी दिए । ब्राजिलका राष्ट्रपतिले फ्रान्सका राष्ट्रपतिद्वारा जी–७ सम्मेलनमा अमेजनको जङ्गलमा लागेको आगोबारे चर्चा गरेकोमा आपत्ति जनाए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले सोमबार आगलागी नियन्त्रणका लागि जी–७ सम्मेलनका सबै देशले संकल्प गरेको राशी छिट्टै निकासा गर्ने घोषणा गरेका थिए । उक्त रकमको उपयोग अमेजनको जङ्गलमा पछिल्लो केही हप्तादेखि लागेको डढेलो नियन्त्रण गर्नका लागि गरिने बताइएको थियो ।

अमेजनको जङ्गलमा यस वर्ष ८ महिनामा ७५ हजार आगलागीको घटना दर्ज गरिएका छन् ।

यहाँको वर्षा वनबाट विश्वको कुल अक्सिजनको २० प्रतिशत पैदा हुन्छ ।

ब्राजिलका चीफ अफ स्टाफ लोरोन्जानीले सोमबार राष्ट्रपति बोल्सोनारोसँग बैठक गरेपछि जी–७ बैठकले उक्त सहयोगको सराहना गर्दै उक्त रकम युरोपकै जङ्गलमा प्रयोग गर्दा अधिक उपयोगी हुने बताए ।

‘म्याक्रोले विश्वको ऐतिहासिक धरोहरमा शामिल एक चर्चमा लागेको आगो त रोक्न विफल रहे । उनी हाम्रो देशलाई के सिकाउन चाहन्छन् । म्याक्रोले पहिले आफ्नो घर र कोलोनी जोगाउन ध्यान दिए हुन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप