ट्विङ्कल खन्नाको नाभीमाथि गरियो ठट्टा, नायिकाले दिइन् यस्तो जवाफ

लेखक बन्नुअघि पूर्व नायिका ट्विङ्कल खन्नाले अन्य कलाकारले झैं अभिनयमा आफ्नो करियर स्थापित गर्ने कोसिस गरेकी थिइन् । यद्यपि, उनले आफ्ना विभिन्न अन्तरवार्तामा उनलाई अभिनय गर्न रुची नभएको र यो कामलाई एउटा ‘बोरिङ जब’ को रुपमा लिने गरेको बताउँछिन् । उनले आफ्नो करियरमा यस्ता फिल्म गरेकी छिन् जसमा उनले आफूले आफैंलाई खराब कलाकार पुष्टि गरिसकेकी छिन् र उनले आफ्ना ती फिल्मको निकै मजाक पनि उडाउने गर्छिन् ।
जब शाहरुख खान र ट्विङ्कल खन्ना स्टारर फिल्म बादशाह २० वर्ष पुगेको उपलक्ष्यमा यस्तै देख्न पाइएको छ । वास्तवमा, ट्विङ्कल खन्नाले सोसल मिडियामा रेट्रो बलिउड नामको पेजको एउटा रिभ्यु सेयर गरेकी थिइन् । फिल्म बादशाहको यो रिभ्युमा लेखिएको थियो, ‘शाहरुख खानबाहेक यो फिल्ममा ट्विङ्कल खन्ना र उनको नाभीले पनि कमालको काम गरेको छ ।’ यसमाथि ट्विंकल खन्नाले निकै रोचक तरिकाले जवाफ दिएकी छिन् ।
यसबारे उनले लेखिन्, ‘के मैले कहिले मैले राम्रो रिभ्यु नपाएको भनेर भनेकी छु ? मैले मेरो अंगबारे राम्रा रिभ्यु पाएकी छु । २० वर्षपछि पनि बादशाह जोडीसँग यो सुन्दरता छ । शाहरुखसँग अहिले पनि उनको डिम्पल छ र मसँग अहिले पनि सुन्दर नाइटो छ । मनिष मल्होत्रा मलाई यो पठाएकोमा धन्यवाद र मेरो बिहानी सुन्दर बनाइदिएकोमा ।’
यसअघि कफी विद करणको एक एपिसोडमा ट्विङ्कल खन्नाले आफ्नो खराब अभिनयको मजाक उडाइसकेकी छिन् । उनले आफूलाई एक अत्यधिक खराब नायिका बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि ३५ अर्ब खिच्दै राष्ट्र बैंक
-
गाजामा इजरायलको आक्रमण, एक पत्रकारसहित दुई जनाको मृत्यु
-
....अनि मन्त्रिपरिषद् बैठकमा मोबाइल लैजान बन्द
-
साउथ एम्पटनको नामसँग जोडियो खराब कीर्तिमान, सात खेल अगावै रेलिगेसनमा
-
त्रिचन्द्रमा विजयी नेविसंघको धन्यवाद र्याली, तस्बिरहरू
-
वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी