बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खुल्दैछन् यौनहिंसा पीडित महिला, सँगसँगै बढ्दै छ कानुनको दुरुपयोग

सहमतिमा यौनसम्पर्क, दबाबमा बलात्कारको मुद्दा
बुधबार, ११ भदौ २०७६, ०९ : २०
बुधबार, ११ भदौ २०७६

भक्तपुर । करिब चार वर्ष प्रेम सम्बन्धमा रहेका एक युवक अहिले अदालतको चक्कर काट्दैछन् ।

काभ्रेका २३ वर्षीय नजर (नाम परिर्वनत) र रामेछापकी २२ वर्षीया निभा (नाम परिर्वतन) चार वर्षसम्म माया प्रेममा रमाए । उनीहरुबीचको सम्बन्धमा बाकीँ केही रहेन, सबै भयो ।

तर करिब तीन साता अगाडी त्यो प्रेम कहानीले अर्कै रुप लियो । परिवारको आग्रहमा नजरले विदेशममा बस्दै आएकी एक युवतीसँग विवाह गरे ।

त्यसपछि प्रेमिका निभाले आफूलाई प्रलोभनमा पारेर यौन शोषण गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिइन् ।

निभाले प्रहरीमा दिएको उजुरी अनुसार आफूलाई विवाह गर्छु भन्दै प्रलोभनमा पारेर पटक –पटक शारीरिक सम्बन्ध राख्दै आएको आरोप लगाएकी छिन् ।

यसरी प्रेममा धोका भएपछि पनि प्रहरीमा आएर यौन शोषण, बलात्कार, जबरजस्ती करणीको आरोप लगाउँदै उजुरी दिन आउनेको संख्यामा वृद्धि भएको देखिन्छ ।

अर्को घटना, श्रीमानको यौन यातना सहन नसकेको भन्दै एक महिला केही समय अगाडी भक्तपुर प्रहरीमा पुगिन् ।

पोर्न फिल्मको लत लागेका उनका ४० वर्षका श्रीमानको दैनिक व्यवहारले ३४ वर्षकी ती महिला आजित भइन् ।

प्रहरीका अनुसार पारिवारीक हिसाबले निकै उच्च वर्गका उनीहरुको जीवन ४ वर्ष यताको अवस्था श्रीमतीले वर्णन गर्दा निकै दुःखद थियो ।

विवाह गरेको १३ वर्ष पुगेका ती जोडीको ११ वर्षका छोरा छन् । तर श्रीमानको बानी भने महिलाले सहन नसक्ने थियो । ४ वर्षसम्म घर परिवार र बच्चाको लागि सहदै आएकी उनले अन्ततः उजुरी गर्न बाध्य भइन् ।

महिलाले प्रहरीलाई भनेकी छिन्, ‘दैनिक हात खुट्टा बाँधेर सात पटकसम्म शारीरिक सम्बन्ध राख्नु पर्ने श्रीमान्को त्यो अपराध मैले सहन सकिनँ ।’

श्रीमतीलाई पशुतुल्य गरेर शारीरिक सम्बन्ध राख्ने ती पुरुषको खराब बानी सुनेर आफन्त र छिमेकका सबैजना चकित परे ।

अर्को घटनामा रामेछाप घर भइ हाल भक्तपुर बस्दै आएका एक बिवाहीत जोडीको विवाहउत्तर सम्बन्धले निम्त्याएको संकट छ ।

श्रीमान् श्रीमतीमाथि शंका गर्ने गर्दै आएका थिए । तर एक दिन श्रीमतीले असारमा श्रीमानले आफुलाई जबरजस्ती करणी गरेको भन्दै साउनको अन्तिम साता उजुरी दिइन् ।

महिलाको उजुरी अनुसारले प्रहरीले उनका श्रीमानलाई पक्राउ ग¥यो । तर अनुसन्धानको क्रममा उनीहरुको दुवै जनाको विवाहइत्तर सम्बन्ध रहेको खुलासा भयो । तेस्रो व्यक्तिको प्रवेश त्यो घटनामा भएपछि महिलाले श्रीमानलाई जबरजस्ती करणी गरेको आरोप लगाइन् ।

प्रहरीका अनुसार घटनाको अन्तिमसम्म अनुसन्धान गर्दै जादाँ कतिपयमा महिलाको कमजोरी भेटिएपछि उनीहरुले अदालतमा गएर बयान फेर्ने गरेका छन् ।

माइती जान्छु भनेर घरबाट निस्केकी एक महिला प्रेमीसँग भक्तपुरको सल्लाघारीमा रहेको एक होटलमा रात बसिन् । उनी माइती नपुगेको श्रीमानले थाहा पाएपछि श्रीमतीले घटनालाई अर्कै मोड दिइन् ।

श्रीमान् र घर परिवारले थाहा पाएपछि उनले रातसँगै बसेको पुरुषले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिइन् ।

त्यसपछि प्रहरीले ती पुरुषलाई नियन्त्रमा लियो । तर अदालत पुगेपछि महिलाले यस्तो बयान दिइन् जुन बयानपछि अदालतले समेत प्रहरीलाई चेतावनी दियो ।

महिलाले ती पुरुषसंग आफूले राजीखुसी यौन सम्बन्ध राखेको र प्रहरीले उजुरीमा के लेखेको थाहा नभएको दाबी गरिन् । पहिला बलात्कार ग¥यो भन्ने महिलाले पछि किन त्यस्तो गरिन् प्रहरी आफै अन्योलमा प¥यो ।

घरेलु र यौन हिंसामा वृद्धि

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक रेवति रमण पोखरेलका अनुसार भक्तपुरमा पछिल्लो वर्ष घरेलु र यौन हिंसा बढ्ेको देखिन्छ ।

उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका गाउँ–गाउँमा पुगेर घरेलु हिंसाका बारेमा जनचेतना मूलक गतिविधी गर्दै आएकाले पनि महिलाहरुमा हिंसा सहनुहुँदैन भन्ने धारणा विकशीत भएको देखिन्छ ।

आर्थिक वर्ष २०७५/०७६मा भक्तपुर प्रहरीले यौन हिंसाका मात्र ३४ मुद्दा दर्ता गरेको छ । जसमा कानुनले तोकेको उमेरभन्दा कम उमेरका किशोरीसँग यौन सम्बन्ध राख्नेको संख्या करिब ५० प्रतिशत छ ।

सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण पनि सानै उमेरमा यौन सम्बन्ध राख्ने युवायुवतीको संख्यामा वृद्धि भएको प्रहरीको भनाइ छ । नेपालको वर्तमान कानून अनुसार १८ वर्ष उमेर नपुगेका युवतीसँग सहमतिमा यौन सम्बन्ध राखेपनि अपराध मानिन्छ । विगतमा उक्त उमेरको हद १६ वर्ष थियो ।

अधिकारको दुरुयोग पनि

केही गलत नियत भएका महिलाहरुका कारण साच्चैनै यौन हिंसा पीडित महिलालाई समेत समाजले हेर्न दृष्टिकोण गलत हुन थालेको छ । श्रीमान् हुदाँ हुँदै परपुरुषसँग सम्बन्ध राख्ने र बाहिर हल्ला भएपछि वा पैसा लेनदेनको कुरा नमिल्दापनि बलात्कारको आरोप लगाउदैं उजुरी दिने केही महिला छन् ।

त्यस प्रकारका महिलाले अदालतमा गएर प्रहरीमा दिए भन्दा फरक बयान दिने गर्नाले प्रहरीलाई समस्या आउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप