मातृत्वसँग खेलबाड, शिशुको अवैध खरिद बिक्री

विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भागे । यो दौडभूप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका थिए । अचानक एक दिन उनीहरुले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरु आउँछन् र तिनलाई प्रक्रिया पु¥याएर लैजान पाइन्छ ।
गत वर्ष उनीहरु केन्द्रमा पुगे र आफूहरुलाई धर्मसन्तान चाहिएको बताए । केन्द्रले उनीहरुलाई नक्सालस्थित बालमन्दिर पठाइदियो । बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोलले पहिलो भेटमै शिशु मिलाई दिने बताएपछि ती दम्पती खुशीले भावविभोर भए ।
विभिन्न झमेला व्यहोर्नु प¥यो । बालमन्दिरका कारण यस्ता धेरै झमेला व्यहोर्नु परेको हो । सहाराविहीन बालबालिका संरक्षणको जिम्मा पाएको बालमन्दिरकै उच्चपदस्थ अधिकारीले निःसन्तान दम्पत्रीलाई साढे पाँच लाख रुपैयाँमा अर्कैको शिशु बेचिदिए ।
कानुनी उल्झनमा फस्ने अवस्था आएपछि दम्पतीको भावनामा खेलाँची गर्दै जबर्जस्ती फिर्ता लिए । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव
-
दुई सातापछि पक्राउ परे दुर्गा प्रसाईँ, १२ दिन हिरासत राख्न अनुमति
-
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन : प्रधानमन्त्री
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार