मुलुकमा पछिल्लो समय नकारात्मक कुरा बढी हुन थाले: मन्त्री पण्डित
काठमाडौं– संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले सकारात्मक विषयहरु गौण बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल एन प्याब्सनले मंगलबार राजधानीमा गरेको जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता कार्यक्रममा बोल्दै उनले मुलुकमा पछिल्लो समय नकारात्मक कुरा बढी र सकारात्मक कुरा गौण बन्दै गएको बताएका हुन् ।
उनले शिक्षा नै विकास र सम्मृद्धिको मुल आधारस्तम्भ भएको भन्दै सकारात्मक सोच र विचार प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले अंग्रेजी माध्यमलाई प्राथमिकता दिए जस्तै नेपाली विषयलाई पनि कमजोर हुने वातावरण नबनाउन पनि सचेत गराए ।
नृत्य प्रतियोगितामा भिजन एकेडेमी कोटेश्वर पहिलो , विपुल शिक्षा निकेतन बौद्ध दोश्रो र नेरिक एकेडेमी शंकमूल तेश्रो तथा कान्तिपुर एकेडेमी जोरपाटी चौथो भएका छन् । प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार, तेश्रोले ५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो देखि दशौ स्थान प्राप्त गरेकाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
-
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
-
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब