दोलखामा विदेशी नागरिक मृत अवस्थामा फेला
दोलखा– दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । तामाकोशी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा आइपुग्दा १ः३० बजे चिप्लिएर तामाकोशी नदीमा परी उनको मृत्यु भएको राईले बताए । लामाबगरबाट खबर प्राप्त हुनासाथ प्रहरीको टोली पुगी तामाकोशी नदीको बीचमा ढुङ्गा र काठको चेपमा अड्किएर मृत अवस्थामा रहेको विदेशी नागरिकको शव नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरीको संयुक्त टोलीले क्रेन र डोरीको सहायताले निकालेको प्रनाउ राईले बताए ।
मृतककी श्रीमती भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चिप्लिएर तामाकोशी नदीमा रहेको स्थानबाट मृतकलाई करीब एक किलोमिटर बगाएको र मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । मृतक लाटभिया देशको राहदानी नं भएका नागरिक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह