शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिप कम्पास ट्रायलहक सार्वजनिक

मङ्गलबार, १० भदौ २०७६, १८ : ४८
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं– नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयुभी कम्पास ट्रायलहक सार्वजनिक गरेको छ ।

नयाँ कम्पास ट्रायलहकमा २.० लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ जसले अधिकतम १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपले कम्पास ट्रायलहकमा पहिलो पटक ९ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ जुसले गर्दा यो एसयुभी कठोर भूबनोटमा पनि गुडन सक्ने क्षमता राख्छ । नेपालमा जिप कम्पास ट्रायलहकको मूल्य एक करोड २४ हजार नौ सय रुपैयाँ कायम गरिएको छ । 

‘ट्रायल–रेटेड’ उपमा पाउन जिपले ‘ट्रयाक्सन’, ‘वाटर फोर्डिङ’, ‘म्यानुराबिलिटी’, ‘आर्टिकुलेसन’ र ‘ग्राउन्ड क्लेरेन्स’ गरी पाँच वटा विभिन्न क्षमता परीक्षण उत्तिर्ण गर्नु पर्छ । जिपले ‘¥यांग्लर’ र ‘चेरोकी’ जस्ता केही निश्चित मोडेललाई मात्र ‘ट्रायल–रेटेड’ ब्याज दिने गरेको छ ।

अल ह्विल ड्राइभ (एडब्लुएच) प्रविधि रहेको ट्रायलहकमा जिप एक्टिभ ड्राइभ ४बाई४ लो, इन्जिन स्टप/स्टार्ट, एड्भान्स्ड क्रुज कन्ट्रोल, बिल्ट–इन नेभिगेसन, हिल डिसेन्ट कन्ट्रोल, र पहिलोपटक ‘रक मोड’ टेरेनको सुविधासमेत रहेको छ । यसअघिका कम्पास भेरियन्टमा ‘स्नो’, ‘स्यान्ड’, ‘मड’ र ‘अटो’ मोड थिए । 

ट्रायलहकको हुडमा ‘एन्टी–ग्लेर डिकेल’ रहेको छ जसले गर्दा सूर्यको प्रकाशले चालकको ‘भिजिबिलिटी’मा कुनै समस्या पैदा गर्दैन । यसको फ्रन्ट बम्पर रिडिजाइन गरी अफरोडका लागि ‘क्यापाबल’ बनाइएको छ । अगाडिको बम्परको एपोच एंगल २६.५ डिगी रहेको छ भने पछाडिको डिपार्चर एंगल ३१.६ डिगी रहेको छ ।  ट्रायलहकमा १७ इन्चको एलोइ ह्विल लगाइएको छ भने ग्राउन्ड क्लेरेन्स २०५ एमएम रहेको छ ।

 फ्रन्ट बम्परको मुनि राखिएको ठूलो एअर ड्यामले गहिरो पानी भएको सतहमा गाडी चलाउँदा पनि ‘एअर इन्टेक’ गर्न मद्दत गर्छ । जिप कम्पास ट्रायलहक ८४ सेन्टिमिटर सम्म गहिरो पानीमा पनि विना समस्या चलाउन सकिन्छ ।

ट्रायलहकमा आकर्षक रातो स्टिच गरिएको कालो प्रिमियम लेदरको सिट राखिएका छन् । इन्टेरियरको अन्य विभिन्न स्थानमा ‘रेड टच’ दिइएको छ र यसमा ठूलो पानोरामिक सनरुफ लगाइएको छ । त्यसैगरी, इन्स्ट्रयुमेन्ट क्लस्टरमा ७ इन्चको स्क्रिन प्रयोग गरिएको छ जसले नेभिगेसन डिरेक्सन, इन्जिनको तापमान, इन्जिन ओइल र ट्रान्समिसन ओइल, ट्यांकमा युरियाको मात्रा, माइलेज, रेडियो फ्रेक्वेन्सी, गियर सेलेक्ट लगायतको सूचना दिन्छ । स्टेरिङ ह्विलको दायापट्टि अब क्रुज कन्ट्रोल र बायाँतिर रेडियो, संगीत, जलवायु र नेभिगेसनका लागि ‘भ्वाइस एक्टिभेटेड कन्ट्रोल’ राखिएको छ । 

ट्रायलहकमा पनि अन्य जिप कम्पासमा झैं ५० भन्दा बढी सुरक्षा फिचर छन् । यसमा पछाडिको सिटका यात्रुलाई टाउको चोटबाट बचाउने ‘साइड फुल कर्टेन एअरब्याग’सहित ६ वटा एअरब्यागको व्यवस्था गरिएको छ । यसमा प्रयोग गरिएको ‘रोल ओभर मिसिगेसन’ कुशल सुरक्षा फिचर हो जसले चाहिनेभन्दा बढी गाडी ढल्किएको ‘सेन्स’ गर्छ र तुरुन्त साइड एअरब्यागलाई सक्रिय बनाउँछ र भित्र रहेका सबैजनालाई ‘रोल ओभर’ अवस्थामा चोटबाट बचाउँछ । ट्रायलहकमा स्पिड वार्निङ सिस्टम पनि छ जुन यो भारतको नयाँ सवारी सुरक्षा नियमअनुसार राखिएको हो । 

त्यसैगरी, एमएडब्लु लाइफले नाडामै कम्पास स्पोर्ट प्लस पनि लन्च गरेको छ । जिप कम्पास स्पोर्ट प्लस बेस अप्सन स्पोर्टभन्दन माथिको भेरियन्ट हो जसमा प्रिमियम फिचरहरु अफर गरिएका छन् । १६ इन्चको एलोइ ह्विल, डुअल टोन क्लाइमेट कन्ट्रोल, रियर पार्किङ सेन्सर र ब्ल्याक रुफ रेल यी प्रिमियम फिचर हुन् । साथै, यसमा इलेक्ट्रिकल्ली एड्जस्टेबल आउटसाइड रियर–भ्यु मिरर, डे–टाइम रनिङ ल्याम्पस, अल–ब्ल्याक इन्टेरियर फेब्रिक अपहोल्स्ट्रा र यु कनेक्ट ५.० टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छन् । 

सुरक्षाको कुरा गर्ने हो भने यसमा डअल फ्रन्ट एअरब्याग, इलेक्ट्रिक पार्किङ ब्रेक, एन्टिलक ब्रेक सिस्टम, इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसन, प्यानिक ब्रेक असिस्ट, फोर डिस्क ब्रेक, आइसोफिक्स चाइल्ड सिट एंकर र एडाप्टिभ ब्रेक लाइट जस्ता सुविधा पनि छन् । साथै, हिल स्टार्ट असिस्ट, ईसीएस (इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल) र टीसीएस (ट्रयाक्सन कन्ट्रोल सिस्टम’ र डाइनामिक स्टिरिङ टर्क पनि छ । यसको मूल्य ७३ लाख ९० हजार रुपैयाँ तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप