प्रदेश राजधानी कहाँ ? भन्ने प्रश्नमा मुख्यमन्त्री अलमलमा
बुटवल– मुख्यमन्त्री ज्यू, हजुर त दाङ्ग जिल्लाबाट निर्वाचित हुनुहुन्छ ,प्रदेशको राजधानी दाङ्ग बन्ला कि बुटवल ? भनेर सञ्चारकर्मीले ठाडो प्रश्न गरेपछि प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल केहीबेर अलमलमा परे ।
मुख्यमन्त्री भएपछि पहिलोपटक मङ्गलबार गुल्मी पुगेका उनले सदरमुकाम तम्घासमा नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा अल्मलिँदै र हल्का हाँस्दै जवाफ दिए, ‘सबैलाई चित्त बुझ्ने गरि तोक्ने प्रदेश सरकारको योजना छ, तोक्दाखेरी सबैले दिपावली गर्न पाउने छन् ।’
प्रश्नको जवाफमा उनले कुनै ठाउँ विशेषको नाम लिएनन् । बरु भने, ‘प्रदेशको नाम र मुकाम तोक्नका लागि विज्ञहरुको टोली गठन गरिएको छ । जसमा सुरक्षाविद्, भूगोलविद्, वातरणविद् र समाजशास्त्रीहरुलाई रायका लागि जिम्मा लगाइएको छ । जसले प्रारम्भिक तहको अध्ययन पनि गरि सकेको र प्रतिवेदन आएपछि प्रदेशको नाम र राजधानी तोकिनेछ ।’
कहिलेसम्म तोकिने छ त ? भन्ने प्रश्नमा उनले अबको एक बर्ष भित्रको समय बताए । यो प्रश्नको जवाफपछि मुख्यमन्त्री पोखरेलले ७ वटै प्रदेशमध्ये पाँच नम्बर प्रदेश सुशासनमा अब्बल रहेको दावी गरे । उनले सिंगो मुलुकमा आर्थिक बृद्धिदर ७१ प्रतिशत पुगेको, विकासका कामहरु पनि तीब्र गतिमा अगाडी बढेको, १५ औ पञ्चवर्षीय योजनाको आधार पत्र तयार भएको, संविधान कार्यान्वयन गरिएको लगायतका कामहरु भएपनि एक्लैले हालीमुहाली जमाउँदै आएको कुनै वर्गले यो सरकारले केही गर्न सकेन भनेर आलोचना गर्ने गरेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल शाहको निर्माणमा ‘यानीमाया’ घोषणा
-
फिल्म ‘जदौ’ निर्माण घोषणा, को-को छन् कलाकार ?
-
लमजुङमा डुबेर एक बालिकाको मृत्यु
-
गण्डकी प्रदेशभरि खानेपानी आयोजना अलपत्र, संघकै योजना पूरा गर्न ३ अर्ब चाहिने
-
लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
-
नेपाल चिकित्सक संघको दुई बुँदे माग सहित ७२ घण्टे ‘अल्टिमेटम’, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने