शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाडामा महिन्द्राको एक्सयूभी ३०० सार्वजनिक, एसयूभी वर्गकै पहिलो सुरक्षा र प्रविधिको विशेषता

मङ्गलबार, १० भदौ २०७६, १७ : १५
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं– महिन्द्रा एन्ड महिन्द्राले नाडा अटो शो नेपालमा नयाँ कम्प्याक्ट एसयूभी, एक्सयूभी ३०० ( एसयूभी थ्री डबल ओ उच्चारण हुने) सार्वजनिक गरेको छ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि ३९ लाख ७५ हजार र डिजेल डब्लू फोर वर्गका लागि ४१ लाख २५ हजार तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ । 

यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा वर्गीय परिभाषित आन्तरिक सजावट÷बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित हुनेछ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ ।

कार्यक्रममा बोल्दै महिन्द्रा एन्ड महिन्द्राका अन्तर्राष्ट्रिय सञ्चालन (दक्षिण एसिया) विभागका उपाध्यक्ष सञ्जय जाधवले भने, “एक्ययूभी ३०० बजार प्रवेश गराउनका र यो नेपाली जनतामाझ प्रस्तुत गर्नका लागि नाडा अटो शो सही अवसर हो ।

आफ्नो बेजोड सुरक्षा विशेषता, प्रभावशाली सञ्चालन क्षमता र हाँक्नका लागि आरामदायक, थुप्रै वर्गमा पहिलो उच्च प्रविधियुक्त विशेषताहरू, ५ जना मानिसहरू बस्न मिल्ने पर्याप्त स्थान तथा अनुकूल र पूर्ण तयार (फिट एन्ड फिनिस) वर्गमा उत्कृष्टतासहितको एक्सयूभी ३०० सवारीसाधनमा मनोरञ्जनात्मक सवारी (फन टू ड्राइभ) गर्न मन पराउनेहरूलाई आकर्षित गर्नेछ भन्नेमा म विश्वस्त छु । एक्सयूभी ३०० कोरियाली प्रविधिसहित भारतीय नवसिर्जना र कुशलता मिश्रित साँचो विश्वस्तरीय उत्पादन हो ।”

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले तीन दशकदेखि महिन्द्रासँग आवद्ध हुन पाउँदा अग्नि मोटर्स गौरवान्वित भएको र ग्राहकहरूलाई अतिकम परिमाणमा उपलब्ध गराउनमा प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हामी एक्सयूभी ३०० नेपालमा सार्वजनिक गर्न पाउँदा उत्साहित छौं, जुन अपेक्षापूर्ण नयाँ पुस्ताका महिन्द्रा सवारीसाधनहरूमध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० नेपालका हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ । यो सवारीसाधन नेपालभरि रहेको हाम्रो सञ्जालमार्फत उपलब्ध हुनेछ ।’

एक्सयूभी ३०० तीन प्रकार डब्लु ४, डब्लु ६, डब्लु ८  मा उपलब्ध छ भने डब्लु ८  अफ्सनल प्याकमा पनि । यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । 

यसै सालको फेबु्रवरीमा नेपालमा भएको महेन्द्र उदय मेलामा एक्सयूभी ३०० प्रस्तुत गरिएको थियो जुन जसलाई ग्राहकहरु बाट ज्यादै रुचाईएको थियो ।

एक्सयूभी ३००ः मुख्य विशेषताहरू 

फस्ट इन सेग्ममेन्ट सुरक्षा विशेषताहरू

–फस्ट इन सेग्मेन्ट ७ एयरब्यागहरू, सबै ४ वटा डिस्क ब्रेकहरू, अगाडि पार्किङ सेन्सरहरू, हिटेड ओआरभीएम्स
–रोल ओभर मिटिगेसन र हिल स्टार्ट असिस्टेन्टसहित इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम
–सबै वर्गमा एबीएएस र इबीडी स्ट्यान्र्डर्ड
–फ्रन्ट एन्ड रियर फग ल्याम्पस्
–आइसोफिक्स चाइल्ड सिट माउन्टस्
–टायर प्रेसर र तापक्रम अनुगमन प्रणाली (टायर ट्रोनिक्स)
–सबै सिटमा सिट बेल्ड रिमाइन्डर
 
टर्कमा वर्गकै उत्कृष्ट

–पेट्रोल र डिजेल इन्जिनको विकल्पमा उपलब्ध
–यस वर्गका सवारी साधनहरुमध्ये टर्कमा उच्च, जुन डिजेलमा ३०० एनएम रहेको छ भने पेट्रोलमा २०० एनएम
–१.५ लि डिजेल इन्जिनमा ११५ बीएचपी टर्बो चार्जड्, जुन यस वर्गका सवारी साधनहरूमध्ये उच्च हो ।
–१.२ लि पेट्रोल इन्जिनमा ११० बीएचपी टर्बो चार्जड्को तुलनात्मक शक्ति
–सिक्स स्पिड ट्रान्समिसन

उच्च प्रविधिका विशेषताहरूमा वर्गकै पहिलो

–यस वर्गका सवारी साधनहरूमा पहिलो, डुअल जोन एफएटीसी, हिटेड ओआरभीम्स; नर्मल, कम्फर्ट र स्पोर्ट मोडसहितको स्मार्ट स्टेयरिङ सिस्टम, इकोसेन्स प्रविधि, माइक्रो हाइब्रिड प्रविधि
–एन्टी–पिन्च फङ्सनसहितको इलेक्ट्रिक सनरूफ 
–जीपीएस नेभिगेसन, एप्पल कारप्ले र एन्ड्रोइन अटो सहितको १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्ट
–पुस बटम स्टार्ट÷स्टप
–डायनामिक असिस्टेन्टसहित पछाडि पार्किङ क्यामेरा
–लेड टर्न इन्डिकेटर्ससहित पावर फोल्डेबल ओआरभीएम्स
–स्टेयरिङमै जोडिएको फोन÷अडियो नियन्त्रक र क्रुज कन्ट्रोल
–स्मार्ट वाच कनेक्टिभिटीसहित ब्लू सेन्स एपीपी
–वर्षा र उज्यालोको स्मार्ट सेन्सर

चितुवा (चिता) प्रेरित डिजाइन

–अगाडि आक्रमक क्रोम फ्रन्ट ग्रिल
–स्ट्राइकिङ लेड डीआरएस्लस र स्टाइलिश लेड टेल ल्याम्पहरूसहितको प्रोजेक्टर हेडल्याम्प
–स्पोर्टी ४३.१८ सेमी डायमन्ड कट अलोज्
–फ्लोटिङ रुफ डिजाइन, क्लासी डुअल टोन रुप रेल्स र स्टर्डी साइल क्लाडिङ

वर्गीय परिभाषित आन्तरिक बनावट

–यस वर्गका सवारी साधान (१,८२१ एमएम)मा फराकिलो, २,६०० एमएमको लामो व्हीलबेस । पछाडिपट्टि ३ जना यात्रुका लागि सुविधाजनक स्थान
–प्रिमियन लेदरेट अपहोल्स्ट्रेका साथमा लेदरले मोडिएको स्टेयरिङ÷गियर नब
–ढोकाका भित्री भागका ह्यान्डनमा क्रोम
–डुअल टोन ब्ल्याक एन बेज ड्यासबोर्ड
–उचाइ समायोजन गर्न मिल्ने ड्राइभर सिट
–दोस्रो पंक्तिमा ६०ः४० छुट्याउन मिल्ने सिट, चौडा सतह

एक्सयूभी ३०० 

एक्सयूभी ३०० चितुवा (चिता)बाट प्रेरित डिजाइन र उत्कृष्ट प्रदर्शनको एक शक्तिशाली संयोजन हो । स्वायत्त रूपमा सञ्चालित संयन्त्र (फ्री प्लोइङ टर्क) र चलाउन सहज गतिशीलयुक्त यो सवारीसाधनको एक्सिलेटर प्याडलमा तपाईको खुट्टा पर्नासाथ तपाईले यो एसयूभीका चलाउनुको आनन्द उठाउनु हुनेछ । यो एसयूभीमा रहेको सुरक्षा र प्रविधिको विशेषतामा सबै वर्गमा उत्कृष्टताले यसलाई भारतीय र नेपाली सडकमा गुड्ने सबै एसयूभीहरूमध्ये सबैभन्दा रोमाञ्चक बनाइदिएको छ ।

एक्सयूभी ३०० ले आफ्नो प्लेटफर्म स्याङयोङ टिभोलीसँग साझेदारी गरेको छ, जसको उत्पादन विश्वभरि सफलतापूर्वक बिक्री हुन्छन् । सन् २०१५ मा यसको जग बसेयता ५० भन्दा अधिक मुलुकहरूमा २.६ लाख युनिट यसका उत्पादनहरू बिक्री भइसकेका छन् । टिभोलीले सुरक्षा र एरगोनोमी सम्बन्धी थुप्रै अवार्डहरू पाइसकेको छ, जसमध्ये अटोमोटिभ टेस्टमा सन् २०१५ मा केएनसीएपी (कोरिया न्यू कार एसेसमेन्ट प्रोग्राम) बाट ग्रेड वान सेफ्टी अवार्ड पनि एक हो ।

रोमाञ्चक प्रदर्शन 

मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन)ले यस वर्गको उत्कृष्ट टर्क दिन्छ । तपाईंले जे छनौट गरे पनि एक्सयूभी ३०० ले एकै पलमा तीव्रता ल्याउने प्रतिबद्धता जनाउँछ । यसका साथै यसको ‘सिक्स स्पिड ट्रान्समिसन’ प्रणालीले कुशलापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ । 

–१.५ लि टर्बो डिजल इन्जिन, विद्युतीय भेरिएबल जिओमेट्री चार्टरसहितः ८५.८ केडब्लू (११५ बीएचपी) पावर र ३०० एनएम टर्क
–१.२ लि टर्बो पेट्रोल इन्जिनः ८१ केडब्लू (११० बीएचपी) पावर र २०० एनएम टर्क
–सिक्स स्पिड ट्रान्समिसन
–यो वर्गमै पहिलो स्मार्ट स्टेयरिङ सिस्टमः यसको तीन स्टोयरिङ मोडले तपाईलाई आफ्नो ड्राइभिङ आवश्यकताअनुसार स्टेयरिङ प्रयासलाई आफूअनुकूल बनाउने सुविधा प्रदान गर्छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा हुन्छ ।

भरपर्दो सुरक्षा प्रणाली
उत्कृष्ट सुरक्षा विशेषता 

–वर्गकै पहिलो : ७ एयरब्याग, जसमा नी एयरब्याज, डुअल फ्रन्ट, साइड र कर्टन एयरब्याग रहेको छ ।
–वर्गकै पहिलो : सबै चार वटै चक्कामा डिस्क ब्रेक (चार मिटर कम्प्याक्ट एसयूभीहरूहरूमध्येका) 
–वर्गकै पहिलो : फ्रन्ट पार्किङ सेन्सरहरू
–वर्गकै पहिलो : हिटेड ओआरभीएमएस
–डायनामिक स्टेयरिङ टर्क, हाइड्रोलिक ब्रेक असिस्टेन्ट, रोल ओभर मिटिगेसन र ट्राक्सन कन्ट्रोलमा इलेक्ट्रिक स्टाबिलिटी प्रोग्राम हिल स्टार्ट असिस्टेन्टसहितको 
–सबै श्रेणी (भेरियन्ट)मा एबीएस र इबीडीको स्तर रहेको
–अगाडि र पछाडि दुवैतिर फग ल्याम्प
–बच्चाहरूका लागि आइसोफिक्स चाइल्ड सिट 
–टायर–ट्रोनिक्स (टायरमा हावाको अनुपात र तापक्रम अनुगमन प्रणाली) 
–सबै सिटमा सिट बेल्ट रिमाइन्डर
–सबै सिटमा थ्री प्वाइन्ट सिट बेल्ट

अत्याधुनिक प्रविधि

एक्सयूभी ३०० उच्च प्रविधियुक्त सुविधाहरूयुक्त आश्रय हो, जसले ड्राइभिङको अनुभवलाई पूर्ण नयाँ स्तरमा लैजान्छ । एक्सयूभी ३०० ले तपाईलाई चालक र अगाडि बस्ने यात्रुका लागि अलग–अलग अनुकूलताअनुसारको हावा र तापक्रम समायोजन गर्ने अनुमति प्रदान गर्छ । आफ्ना सुविधाअनुकूलको सेटिङका लागि थ्री मेमेरी स्लटका कारण तपाईले सवारी यात्राका लागि आवश्यकताअनुसार व्यवस्था मिलाउन समय नष्ट गर्नु पर्दैन ।

–वर्गकै पहिलो : पूर्ण रूपमा स्वचालित दोहोरो कक्षको तापक्रम नियन्त्रण (डुअल जोन अटोमेटिक टेम्प्रेचर कन्ट्रोल) 
–जीपीएस नेभिगेसन, एप्पल कार प्ले र एन्ड्रोइड अटो प्रविधियुक्त १७.७८ सेमी (७ इञ्च)को  टचस्क्रिन इन्फोटेन्मेन सिस्टम, सोसल मिडिया कन्केक्टिभिटीसहितको इकोसेन्स टेक्नोलोजी, माइक्रो हाइब्रिड प्रणाली
–पुस बटम स्टार्ट/स्टप
–डायनामिक असिस्टेन्ट र थ्री पार्क असिस्टेन्ट मोडहरूसहितको पछाडि (रियर) पार्किङ क्यामेरा
–स्टेयरिङमा जोडिएको फोन तथा अडियो नियन्त्रण प्रविधि
–स्मार्ट वाचसँग आवद्ध हुनसक्ने ब्लू सेन्स एपीपी
–क्रुज कन्ट्रोल
–बत्तीको तेज घटाउने प्रविधि (अटो डिमिङ आईआरभीएम)
–मल्टी कलर कन्फ्रिगेबल इन्ट्रुमेन्ट क्लस्टर
–टायरको अवस्था दर्शाउने प्रविधि

चित्ताकर्षक, चितुवा प्रेरित डिजाइन

अगाडि आक्रामक जालीको संरचना (फ्रन्ट ग्रिल), राम्रोसँग धातु काटेर चिल्याइएको बडी  (चिसल्ड बडी), प्रभावशाली अवस्थितिका साथ एक्सयूभी ३०० सदैव आक्रमण÷धावाका लागि तयारजस्तो देखिन्छ । यसका प्रोजेक्टर हेडल्याम्प र दिउँसो बल्ने असाधरण लेड ल्याम्पहरूले दिगो छाप छोड्छन भने यसका विशिष्ट प्रकारको लेड टेल ल्याम्पहरूले अमिट छाप बनाउँछन् ।

यसको स्पोर्टी मा ४३.१८ सेमीको डायमन्ड कट मिश्र धातु जोडिएको छ र तपाईंसँग स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) छ, जसले सहरी क्षेत्रका हरेक मागहरू स्टाइलका साथ पूरा गर्छ ।

–स्टाइलिस्टस्ट डुअल टोन रंगहरू ( केवल डब्लू एट वैकल्पिक प्याकमा मात्र)
–फ्लोटिङ रुफ डिजाइन
–आकर्षक लेड डिआरएलएस 
–आक्रामक अगाडिको जाली संरचना (एग्रेसिभ फ्रन्ट ग्रिल)
–युनिक टेलल्याम्प 
–स्पोर्टी ४३.१३ सीएम डायमन्ड कट अलोइज
–छतमा उत्तम स्तरका दोहोरो बार (क्लासी डुअल टोन रुफ रेल्स)
–बलियो किनारा आवरण (स्टर्डी साइड क्लाडिङ)

सुविधायक्त र आरामदायी क्याबिन

एक्यूभी ३०० भित्र पर्याप्त स्थानले तपाईंको स्वागत गर्दछ । यस वर्गको उत्कृष्टका रूपमा १,८२१ मिमिको विशाल क्याबिन, यस वर्गमै लामो २,६०० मिमिको व्हीलबेस र चौडा सतहका कारण दोस्रो पंक्तिमा ३ जना यात्रुहरू आरामपूर्वक बस्न सक्छन् ।

जबकी, यसको आकर्षक (फाईन्ली क्राफ्टेड) डुअल टोन ड्यासबोर्ड तथा एन्टी पिच फङ्सनका साथ परिस्कृत इलेक्ट्रिक सनरुफले समृद्धपनलाई नयाँ उचाइमा लैजान्छ । राम्रोसँग डिजाइन गरिएको गद्धीसहितका प्रिमियम लेदर सिटहरु, लेदरले नै मोडिएको स्टेयरिङ व्हील र रेसिङका लागि तयार गियरको नबले  तपाईंको प्रतिक्षा गरिरहेको छ ।

–एन्टी पिच फङ्सनसहित इलेक्ट्रिक सनरुफ
–विशिष्ट खैरो कृत्रिम छालाको सोफा सजावट सामग्री (प्रिमियम ग्रे लेदरेट अपहोस्ट्री
–लेदरले मोडिएको स्टेयरिङ र गियरको हत्था
–डुअल टोन ब्ल्याक एन्ड ब्रिज ड्यासबोर्ड
–उचाइ समायोजन गर्न मिल्ने ड्राइभर सिट
–दोस्रो पंक्तिमा ६०ः४० मा छुट्याउन मिल्ने सिट
–दोस्रो पंक्तिमा चौडा सतह
–समायोजन गर्न मिल्ने सामान राख्ने स्थान (बुट फ्लोर)
–उचाइ समायोजन गर्न मिल्ने अगाडिका सिट बेल्टहरू
–विचारपूर्ण भण्डारण स्थानहरूः बीचमा बहु–उद्देश्यीय सामान राख्ने स्थल  (कन्सोल स्टोरेज), सुसज्जित ग्लोभ बक्स, सबै ढोकामा बोटल होल्डर, पछाडिको बीच भागको आर्मरेस्टमा कपहोल्डरहरू

महिन्द्रा

महिन्द्र गु्रप २०.७ अर्ब अमेरिकी डलरको कम्पनीहरूको संघीय संरचना (फेडेसेन) हो, जसले मानिसहरूलाई नवीन आविष्कारयुक्त गतिशील समाधानहरूका माध्यमबाट सक्षम बनाउँछ, ग्रामीण समृद्धिलाई बढाउँछ, सहरी जीवनलाई समृद्ध तुल्याउँछ, नयाँ व्यवसायहरू विकसित गर्छ र समुदायलाई बढावा दिन्छ । यो भारतमा उपयोगी सवारीसाधन (युटिलिटी भेहिकल्स), सूचना प्रविधि, वित्तीय सेवा तथा आतिथ्यसम्बन्धी कम्पनीहरूको साझा सम्पत्ति (भ्याकेसन ओनरसीप)मा नेतृत्वदायी भूमिकामा रहेको छ भने संख्यात्मक आधारमा विश्वकै ठूलो ट्रयाक्टर कम्पनी हो ।

यसका अन्य व्यवसायहरूमा कृषिव्यवसाय, एरोस्पेस, व्यावसायिक सवारी साधानहरू, पाटपुर्जा, रक्षा, लजिस्टिक, रियलइस्टेट, नवीकरणीय ऊर्जा, स्पिडबोटस् र स्टिललगायतका व्यवसायमा सबल उपस्थिति रहेको छ । भारतमा मुख्यालय रहेको महिन्द्राअन्तर्गत विश्वका १०० मुलुकहरूमा २,४०,००० भन्दा बढीले रोजगारी पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप